पुस २८, २०८२ मंगलबार | ०६:३७:०८
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा

काठमाडौं । शनिबार (भोलि) हुने सातौं इन्ट्रा म्याड्रिस्टा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

रियाल मड्रिडको आधिकारिक फ्यान क्लब- रियाल मड्रिड फ्यान क्लब, नेपाल (काठमाडौं विङ्स)को आयोजनामा इन्ट्रा म्याड्रिस्टा फुटसल हुन लागेको हो ।

बल्खुस्थित भिजननोभा फुटसलमा हुने प्रतियोगितामा रियाल मड्रिड फ्यान क्लब नेपालका आठवटा विङ्सले प्रतिस्पर्धा गर्दैछन् ।

पुरुषमा काठमाडौं, जुम्ला, पोखरा, चितवन, हेटौंडा, नुवाकोट, बुटवल र प्रदेश १ ले चुनौती प्रस्तुत गर्दैछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन प्रतिस्पर्धापछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

माहिलामा काठमाडौंका तीन टोली– काठमाडौं ‘ए’, काठमाडौँ ‘बी’ र नुवाकोटको सहभागी रहनेछ । अन्य विङ्सबाट महिला टोलीको सहभागिता नहुँदा यी तीन टोलीले मात्र खेल्ने आयोजकले बतायो ।

शुक्रबार एक कार्यत्रमबीच प्रतियोगिताको खेल तालिका सार्वजनिक र ट्रफी अनावरण गरिनेछ ।

प्रतियोगिताले नेपाली म्याड्रिस्टाबीचको सहकार्यलाई थप बलियो बनाउने अपेक्षा क्लबले लिएको छ ।

‘सातौ इन्ट्रा म्याड्रिस्टा फूटसल प्रतियोगिताले नेपाली म्याड्रिडिस्टाहरूबीच सहकार्य र फुटबलको माया झन् प्रगाढ बनाउने अपेक्षा गरेका छौं,’ रियाल मड्रिड फ्यान क्लबका सचिव मनोज तिमल्सिनाले बताए ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||