काठमाडौं । दक्षिण एसियाली फुटबल महा संघ (साफ) महिला यु-१७ च्याम्पियनसिपका लागि नेपाली टाेली घाेषणा भएकाे छ ।
अखिल नेपाल फुटबल संघ( एन्फा) ले आइतबार २३ सदस्यी टाेली घाेषणा गरेकाे हाे ।
प्रतियाेगतिता २० देखि ३१ अगस्टसम्म भुटानमा हुँदैछ ।
प्रतियाेगितामा नेपालसहित,भारत,भुटान र बंगलादेशकाे सहभागिता रहनेछ ।
सबैले एक अर्कासँग दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टाेली विजेता बन्नेछ
नेपालले भारतसँग २० र २९ अगस्ट, भुटानसँग २२ र ३१ अगस्ट तथा बंगलादेशसँग २४ र २७ अगस्टमा प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टाेली
गाेलकिपर: झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ
रक्षक: दिक्षा रायमाझी, सम्झना चन्द, एलिजाकुमारी विक, ज्ञानुडोल्मा लो, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ ,अन्शु विक
मिडफिल्डर: डिकी स्याङ्बोतामाङ,कृतिशा तामाङ, रविना विक, सहारा लिम्बु, वविता कार्की,भूमिका बुढाथोकी, आशिका कार्की, सिर्जना बडुवाल
फरवार्ड: अस्मिता मगर, यमकुमारी विक, अनिता रानामगर,दिक्षा रनपाल