काठमाडौं । नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी स्वस्तिश्री गुरुकुल आइबी वर्ल्ड स्कुलले आयोजना गरेको ११औं ग्रीष्मकालीन फुटबल प्रशिक्षण क्याम्पमा उपस्थित भएकी छन् ।
बुधबार क्यापको अवलोकन गर्न पुगेकी उनलाई विद्यालयको आधिकारिक जर्सी र मायाको चिनोसहित सम्मान गरिएको थियो ।
सावित्राले क्यापमा रहेका खेलाडीको प्रोत्साहन बढाउन उनीहरूसँग फुटबल पनि खेलेकी थिइन् । उनले खेललेआत्मविश्वास जगाउने मात्र नभई भविष्यमा देशको प्रतिनिधित्व गर्न सकिने बताइन् ।
उक्त अवसरमा विद्यालयका अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य रामकृष्ण चित्रकार, विद्यालय प्रबन्ध निर्देशक मीना महार्जन, प्रधानाध्यापक नेहा केसी, प्रशिक्षक जिवेशक पाण्डेलगायतको उपस्थिति थियो ।
क्याम्प पूर्व राष्ट्रिय खेलाडी तथा एपिएफका प्रशिक्षक जिवेश पाण्डे, सातदोबाटो युथ क्बल यु १६ टोलीका प्रक्षिक उज्वल श्रेष्ठ, स्वस्तिश्रीका फुटबल प्रशिक्षक ज्वाल विष्ट तथा सहायक प्रशिक्षक प्रभास खत्री र अदित्य गिरीले प्रशिक्षण दिँदै आएका छन् ।
स्वस्तिश्रीले प्रत्येक वर्ष तीन वटा फुटबल क्याम्प आयोजना गर्दै आएको छ ।