काठमाडौं । एन्फा यु-१६ युथ लिगमा बुधबार मनाङ मर्स्याङ्दी र विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले १-१ को बराबरी खेलेका थिए ।
यो नतिजासँगै ११ खेलमा २५ अंक जोडेको मनाङ तेस्रो स्थानमा छ । एपिएफ समान खेलबाट २० अंकका साथ सातौं स्थानमा छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मनाङका लागि धरविन्द्र बोहोरा र एपिएफका लागि सुजन तामाङले गोल गरे ।
खेलको ३५औं मिनेटमा धरविन्द्रको गोलमार्फत मनाङले अग्रता लिएको थियो । तर अन्तिम समयमा सम्हालिन नसक्दा टोली अंक बाँड्न बाध्य बन्यो ।
निर्धारित समयको अन्तिम मिनेटमा सुजनले गोल गर्दै एपिएफलाई हारबाट जोगाए ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?