काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत नेपाल र भुटानबीचको पहिलो हाफ १–१ को बराबरीमा सकिएको छ ।
बुधबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा जारी समूह ‘ए’को दोस्रो खेलमा नेपालले घरेलु टोलीविरुद्ध सुरुआती ३८ सेकेन्ड्समै अग्रता लिएको थियो ।
अट्याकिङ मिडफिल्डर सुक्रिया मियाले लेफ्ट साइडबाट दिएको क्रसलाई बक्सभित्र विपक्षी रक्षकको निगरानीमा नरहेकी अर्की मिडफिल्डर सेनु परियारले सदुपयोग गरिन् । सेनुले बल नियन्त्रण गर्न दौडिएकी गोलकिपर पेमा याङ्जोमलाई बिट गर्दै सहज गोल गरिन् ।
भुटानले १८औं मिनेटमा केल्देन वाङ्मोको गोलमा बराबरी गर्यो । केल्देनले नामसेल वाङजोमको पासलाई सदुपयोग गरेकी हुन् । नेपाली गोलकिपर लीला जोशीलाई बिट गर्नुअघि केल्देनले राइट ब्याक सिम्रन राईलाई छक्याएकी थिइन् ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?