श्रावण २४, २०८२ शनिबार | १३:३२:३०
उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण

एएफसी यु-२० महिला एसियन कप छनोटः नेपालविरुद्ध भुटानलाई ‘होम एडभान्टेज’

फाइल तस्विर

काठमाडौं । अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु-२० एसियन कपको १२औं संस्करणमा छनोट हुने लक्ष्यका साथ थिम्पु पुगेको नेपाली टोलीले बुधबार ‘छनोट प्रतियोगिता’को आफ्नो पहिलो खेलमा घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल चाङ्लिमिथाङ रंगशालामा  नेपाली समय अनुसार साँझ ५ः४५ बजे हुनेछ ।

दुई साताअघि बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ यु-२० च्याम्पियनसिपमा नेपाल र भुटान दुई पटक आमने-सामने भएका थिए । डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा दुवै लेग नेपालको पक्षमा गएको थियो ।

मुख्य प्रशिक्षक यमप्रसाद गुरुङको नेतृत्वमा रहेको नेपाली टोलीविरुद्ध भुटान निरीह बनेको थियो । टोलीले भुटानको पोस्टमा कूल १४ गोल गर्दा मात्र एक गोल खायो । उच्च गोलकर्ता बन्दै गोल्डेन बुट जितेकी स्ट्राइकर पूर्णिमाले दुई ह्याट्रिकसहित सात गोल आफ्नो नाममा लेखाएकी थिइन् ।

समूह ‘ए’मा रहेको नेपालले भुटानपछि साउदी अरेबिया र तीन पटकको विश्वकप विजेता उत्तर कोरियासँग खेल्ने तालिका छ । उत्तर कोरिया एएफसी एसियन कप र विश्वकप दुवैको साविक विजेता हो ।

सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । सिंगल राउन्ड रोविन पद्धतिको प्रतिस्पर्धापछि समूहको शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने यु-२० एसियन कपको १२औं संस्करणमा स्थान बनाउने छ । यो भनेको सन् २०२६ मा पोल्यान्डमा हुने फिफा यु-२० विश्वकपको १२औं संस्करणमा पुग्ने बाटो  हो ।

गोलको खुसीः साफ यु–२० च्याम्पियनसिपमा भुटानविरुद्ध गोल गरेपछि सहकर्मीसँग खुसी साट्दै नेपाली स्ट्राइकर पूर्णिमा राई, तस्विर सौजन्यः एन्फा ।

समूह चरणपछि तीन उत्कृष्ट उपविजेता टोलीले पनि थाइल्यान्डको टिकट काट्ने भएकाले नेपालसँग तुलनात्मक रूपमा कमजोर दुई टोली भुटान र साउदी अरेबियाविरुद्ध फराकिलो जित हासिल गर्नुको विकल्प छैन ।

तर, बुधबार भुटानविरुद्ध साफ च्याम्पियनसिप जस्तो सहज भने पक्कै हुनेछैन । भुटानलाई कम आकलन गर्ने छुट नेपाललाई छैन । स्मरण रहोस् ! गत वर्ष पुसमा नेपालले भुटानलाई मैत्रीपूर्ण खेलमा आतिथ्य गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुमा लिएको अग्रता जोगाउन नसक्दा नेपाल दूर्भाग्यजनक बराबरीमा राेकिनु परेको थियो ।

ढाकामा साफ यु-२० च्याम्पियनसिप चलिरहँदा भुटानको सिनियर टोलीले जोर्डनमा एएफसी एसियन कपमा छनोट हुने चुनौती पेश गरिरहेको थियो । प्रतियोगिताको मिति जुध्दा तीन खेलाडीले साफ च्याम्पियनसिप गुमाएका थिए । यी खेलाडी अहिले यु-२० टोलीमा फर्किसकेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलको अनुभव बोकिसकेका खेलाडीको आगमनसँगै भुटानी टोलीको मनोबल उच्च छ । फेरि भुटान आफ्नै मैदानमा खेल्दैछ ।

‘तीन प्रमुख खेलाडी विना हामीले साफ च्याम्पियनसिप खेलेका थियौं । उनीहरुको आगमनसँगै टोलीमा उर्जा थपिएको छ,’ मुख्य प्रशिक्षक टंकमाया घलेले भनिन्, ‘घरेलु भूमिमा हामीले राम्रो प्रदर्शनको आशा राखेका छौं ।’

नेपाली टोली पनि भुटानलाई कमजोर आकलन गर्ने पक्षमा छैन । प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान विर्सना चौधरीले भुटान सहज प्रतिद्धन्द्धि नरहेको बताइन् ।

‘भुटानलाई सजिलो प्रतिद्धन्द्धि होइन । हामीले कुनै पनि टोलीलाई कमजोर ठानेका छैनौं । हामी खेल आफ्नो पक्षमा पार्न सक्दो प्रयास गर्नेछौं । समूह विजेता बनेर एसियन कपमा पुग्ने लक्ष्य छ,’ विर्सनाले भनिन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?