श्रावण २४, २०८२ शनिबार | १३:३२:५५
उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण

नेपाली समर्थकको मन दुखाउने छैनौं: प्रशिक्षक गुरुङ

फाइल तस्वीर

काठमाडौं । नेपाली राष्ट्रिय महिला यु-२० टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले आफ्ना समर्थकको मन नदुखाउने बताएका छन् ।

सोमबार एएफसी एसियन कप छनोट प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा गुरुङले नेपाली समर्थक फुटबललाई लिएर संवेदनशील रहेको र यसपाली ती समर्थकको भावनामा चोट नपुर्याउने प्रतिक्रिया दिएका हुन् ।

‘नेपाली समर्थकले फुटबललाई एकदमै माया गर्छन् । हाम्रो सानो गल्तीले उनीहरुको भावनालाई चोट पुर्याउन सक्छ,’ गुरुङले भने, ‘यसपाली हामी ती समर्थकको मन दुखाउने छैनौं ।’

त्यस्तै गुरुङले टोली यसपाली एसियन कपमा छनोट हुने लक्ष्य बोकेर थिम्पु पुगेको बताए । थिम्पु र काठमाडौंको वातावरणमा फरक नभएका कारण प्रतियोगितामा राम्रो गर्न सक्ने गुरुङको विश्वास व्यक्त गरे ।

‘हामी एसियन कपमा छनोट हुने लक्ष्यका साथ आएका छौं । हामीलाई अहिले नेपालमै छौं जस्तो महसुुस भइरहेको छ । त्यसैले दबाब केही हदसम्म कम भएको छ,’ गुरुङ दाबी गर्छन्, ‘हामीले साफ च्याम्पियनसिपमा प्रस्तुत गरेको अट्याकिङ फुटबललाई नै निरन्तरता दिन्छौं । साफ च्याम्पियनसिपले तयारीमा सजिलो भएको छ । आफ्नो खेल खेल्ने हो, जितेर देखाउने हो ।’

कप्तान विर्सना चौधरीले पनि गुरुङकै कुरामा जोड दिइन् । ‘कुनै पनि टोलीलाई कमजोर ठानेका छैनौं । हामी खेल आफ्नो पक्षमा पार्न सक्दा प्रयास गर्नेछौं । समूह विजेता बनेर एसियन कपमा पुग्ने लक्ष्य छ,’ विर्सनाले भनिन् ।

नेपालले बुधबार (भोलि) घरेलु टोली भुटानसँग खेल्दै छनोट प्रतियोगिताको सुरुआत गर्नेछ । खेल नेपाली समूह समय अनुसार साँझ ५ः४५ बजे हुनेछ ।

समूह ‘ए’मा रहेको नेपालले भुटानपछि साउदी अरेबिया र तीन पटकको विश्वकप विजेता उत्तर कोरियासँग खेल्ने तालिका छ । उत्तर कोरिया एएफसी एसियन कप र विश्वकप दुवैको साविक विजेता हो । 

सिंगल राउन्ड रोविन पद्धतिको प्रतिस्पर्धापछि समूहको शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु–२० एसियन कपको १२औं संस्करणमा स्थान बनाउने छ । यो भनेको सन् २०२६ मा पोल्यान्डमा हुने फिफा यु–२० विश्वकपको १२औं संस्करणमा पुग्ने बाटो  हो ।

सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । समूह चरणपछि तीन उत्कृष्ट उपविजेता टोलीले पनि थाइल्यान्डको टिकट काट्ने छन् ।

नेपाली टोली

गोलकिपरः  सुजता तामाङ, लिला जोशी, करुणा बुढाथोकी

रक्षक: सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु, सिम्रन राई, सजिना स्याङ्ताङ, गँगा रोकाय, अनिशा राई, सीता रोकाय

मिडफिल्डर: कविता गुरुङ, सुशीला केसी, सुक्रिया मिया, अश्मिता गुरुङ, विर्सना चौधरी (कप्तान), सेनु परियार

फरवार्ड: कुशुम खतिवडा, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?