काठमाडौं । जर्मनीको बायर्न म्युनिखले प्रि-सिजन मैत्रीपूर्ण खेलमा शनिबार फ्रेन्च क्लब लियोनविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
एलियान्ज एरिनामा घरेलु टोली बायर्नलाई जित दिलाउन दुवै गोल माइकल ओलिसेले गरे । लियोनका लागि अलेजान्द्रो गोमेज रोड्रिग्वेजले गोल फर्काए ।
खेलको ५३औं मिनेटमा ओलिसेको पेनाल्टी गोलमार्फत बायर्नले अग्रता लिएको थियो । ९ मिनेटपछि उनलै टोलीको अग्रता दोब्बर बनाए ।
निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा रोड्रिग्वेजले गोल गर्दै लियोनलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
यही खेलमार्फत लुइस डियाजले बायर्नका लागि डेब्यू गरेका छन् । उनी केही दिन अगाडि मात्रै इङ्लिस क्लब लिभरपुलबाट बायर्न पुगेका थिए ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?