श्रावण २४, २०८२ शनिबार | १३:३४:५८
उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण उत्तर कोरियासँग पराजित भएपछि भुटानको एसियन कप पुग्ने सम्भावना समाप्त एनओसी विवाद र स्वार्थसमूहबाट दिग्भ्रमित खेलमन्त्री पिपल्स च्वाइसः पल्सर स्पोर्टस अवार्डको लोकप्रिय विधा एनपिएल अक्सन आजः ३७ खेलाडीका लागि ४ करोड बोकेर आठ टिम प्रतिस्पर्धामा तेन्दुलकरको कीर्तिमान पछ्याउँदै रुट नेपाली फुटबलसँग छुट्टिन नसकेका साहुखल पोखरेली माहोलमा रम्ने फ्रेन्चाइज भलिबलको तयारी आत्मकथा शृंखला-११: 'नरकाजी गुरुङ उत्कृष्टमध्ये एक फुटबलर होर ई स्पोर्टसः सक्दैन नि फेरि इथान न्वानेरीले गरे आर्सनलसँगको सम्झौता नवीकरण

ब्राजिल च्याम्पियन

काठमाडौं । कोलम्बियालाई सडनडेथमा ५-४ ले पराजित गर्दै ब्राजिल लगातार पाँचौं तथा समग्रमा नवौं पटक महिला कोपा अमेरिकाको च्याम्पियन बनेको छ ।

रोड्रिगो पाज डेल्गाडोमा आइतबार सम्पन्न फाइनलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीबाट ४-४ गोल भएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको हो ।

पेनाल्टीमा ब्राजिलका लागि टार्सियन, अमान्डा गुटियर्स, मारिजा, जोनसन र लुआनीले गोल गरे । एन्जेलिना र मार्टा भने चुके ।

कोलम्बियाका लागि क्याटलिना उस्मे, मार्सेला रेस्ट्रेपो, लिन्डा काइसेडो, वेन्डी बोनिलाले गोल गरे । मानुएला पावी, लीसी सान्तोस र जोरेलिन काराबालीको प्रहार भने गोलमा परिणत हुन सकेन ।

त्यसअघि ब्राजिलका लागि मार्टाले दुई तथा एन्जेलिना र अमान्डा गुटियर्सले समान एक गोल गरेका थिए । कोलम्बियाका लागि लिन्डा काइसेडो, जोरलिन काराबाली र मायरा रामिरेजले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

खेलको २५औं मिनेटमा काइसेडोको गोलमार्फत कोलम्बियाले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा एन्जेलिनाले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याइन् ।

टार्सियनबाट ६९औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा कोलम्बिया २-१ ले अगाडि बढ्यो । ८०औं मिनेटमा गुटियर्सले गोल गर्दा ब्राजिल २-२ को बराबरीमा आयो ।

त्यसको आठ मिनेटपछि नै रामिरेजले गोल गर्दा कोलम्बियाको अग्रता ३-२ मा पुग्यो । खेलको इन्जुरी समयमा मार्टाले गोल गर्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

मार्र्टाले १०५औं मिनेटमा गोल गर्दा ब्राजिल ४-३ ले अगाडि बढ्यो । ११५औं मिनटेमा सान्तोसले गोल गर्पछि खेल पेनाल्टीसम्म पुगेको थियो ।

सेमिफाइनलमा ब्राजिलले उरुग्वे तथा कोलम्बियाले अर्जेन्टिनालालई पराजित गरेका थिए ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?