कार्तिक ५, २०८२ बुधबार | १२:०७:०२
कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ कार्तिक १७ गते हुने स्कटल्यान्डका बलर मार्क वाटले कर्णालीबाट एनपिएल खेल्ने एट्लेटिको मड्रिडविरुद्ध आर्सनलको एकतर्फी जित इन्टर मिलान लगातार तेस्रो खेलमा विजयी पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको सानदार जितमा फिर्मिन लोपेजको ह्याट्रिक बंगलादेशविरुद्ध वेस्ट इन्डिज सुपर ओभरमा विजयी नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई इङ्लिस ब्याटर डेविड मलान चितवनमा कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ कार्तिक १७ गते हुने स्कटल्यान्डका बलर मार्क वाटले कर्णालीबाट एनपिएल खेल्ने एट्लेटिको मड्रिडविरुद्ध आर्सनलको एकतर्फी जित इन्टर मिलान लगातार तेस्रो खेलमा विजयी पिएसजीको विजयी यात्रा जारी बार्सिलोनाको सानदार जितमा फिर्मिन लोपेजको ह्याट्रिक बंगलादेशविरुद्ध वेस्ट इन्डिज सुपर ओभरमा विजयी नटिङघम फरेस्टको प्रशिक्षकमा शन डायचे भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई इङ्लिस ब्याटर डेविड मलान चितवनमा

थकान र निराशामा फर्किएका फुटबल चेलीहरू

साफ यु–२० च्याम्पियनसिप २०२५ अन्तर्गत बंगलादेशविरुद्धको निर्णायक भिडन्तमा नेपाली स्ट्राइकर पूर्णिमा राई हेडरको प्रयासमा, तस्वीर सौजन्यः एन्फा ।

काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न साफ यु-२० च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला टोली मंगलबार स्वदेश फर्किएको छ ।

पहिलो पटक माथिल्लो उमेर समूहको प्रतियोगिता जित्ने चुनौतीसँगै विक्षिप्त सिनियर टोली र समग्र नेपाली महिला फुटबलको मनोबल फर्काउने जिम्मेवारी बोकेर कलिला किशोरीहरु ढाका पुगेका थिए । तर, यसमा पनि सफलता हात लागेन ।

दुई साताअघि मात्र सिनियर टोलीले एएफसी एसियन कप छनोट प्रतियोगिताको निर्णायक खेलमा उज्वेकिस्तानसँग पराजय बेहोरेको थियो । जसका कारण चालिस वर्षदेखि नेपाली महिला फुटबलको यात्रा एउटा सुनौलो गन्तव्यबाट विमुख भयो । स्वदेश फर्किँदा सिनियर खेलाडीको अनुहारमा जुन निराशाको भाव थियो, जुनियर खेलाडीको हालत पनि मंगलबार त्यस्तै देखियो ।

दुई साताको बसाई अनि करिब दुई घण्टाको हवाई यात्रापछि मातृभूमिमा पाइला टेकेका चेलीहरुमा देशका लागि पदक जित्न नसकेकोमा पीडाबोध थियो । प्रतियोगितामा १० गोल गर्दै गोल्डेन बुट जितेकी पूर्णिमा राईको प्रतिक्रिया त्यस्तै थियो ।

बंगलादेशको ढाकामा सम्पन्न साफ यु-२० च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला टोली मंगलबार स्वदेश फर्कियो, तस्वीर सौजन्यः एन्फा ।

‘उच्च गोलकर्ताको पुरस्कार जित्छु भनेर सोचेकै थिइँन, च्याम्पियन बन्ने लक्ष्य थियो । फाइनलमा गोल गरेर देशलाई जिताउन मन थियो,’ पूर्णिमाले भनिन्, ‘मैले आफ्नो कर्तव्य पूरा गरेँ जस्तो लाग्छ । तर, टोलीलाई च्याम्पियन बनाउन सकिँन । यसका लागि म सबैसँग माफी माग्छु ।’

सिनियर राष्ट्रिय टोलीकी सदस्य मोसम्मत सागोरिकाको सानदार प्रदर्शनमा बंगलादेशले सोमबार निर्णायक खेलमा नेपालमाथि ४-० को सहज जित हासिल गर्यो । सबै गोल स्ट्राइकर सागोरिकाले गरेकी थिइन् ।

जितसँगै ६ खेलमा स्पष्ट १८ अंक जोड्दै बंगलादेश च्याम्पियन बन्यो । डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा बंगलादेशले उपविजेता नेपाललाई ६ अंकले पछाडि पार्यो ।

तीन खेलको प्रतिबन्धपछि फर्किएकी सागोरिकाले नेपाली रक्षापङ्क्तिलाई खेलअवधिभर हम्मे पारिरहिन् ।

‘साफ यु-२० च्याम्पियनसिप २०२५’मा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार जितेकी बंगलादेशी स्ट्राइकर मोसम्मत सागोरिका, तस्वीर सौजन्यः साफ ।

नेपालले भने आफ्नो स्वभाविक खेल प्रस्तुत गर्न सकेन । बंगलादेशको सामना गर्नु अगाडि नेपालले पाँच खेलमा ३० गोल गरेको थियो । बंगलादेशविरुद्धको पहिलो लेगमा नेपालले तीन गोल खाए पनि दुई गोल फर्काएको थियो ।

तर, निर्णायक खेलमा खेलाडी अस्तव्यस्त देखिए । कप्तान विर्सना चौधरीका अनुसार डिफेन्स र मिडफिल्डमा तालमेल नमिल्दा नेपालले हार बेहोर्नुपरेको हो ।

‘तीन खेलपछि सिम्रन (राई) एक्कासी निर्णायक खेलमा फर्किँदा तालमेल नमिलेको महसुस गरेँ,’ विर्सना भन्छिन्, ‘मिडफिल्ड र डिफेन्समा कम्युनिकेसन ग्याप भयो ।’

प्रतियोगितामा यसपाली नेपाली टोलीको बलियो पक्ष ‘स्ट्राइकिङ लाइन’ थियो । पूर्णिमाकी स्ट्राइकिङ पार्टनर मीना देउवाले ७ गोल आफ्नो नाममा लेखाइन् । पूर्णिमा र मीना दुवैले प्रतियोगितामा दुई–दुई ह्याट्रिक गरे ।

‘साफ यु–२० च्याम्पियनसिप २०२५’मा बंगलादेशविरुद्ध बराबरी गोल फर्काएपछि नेपाली स्ट्राइकर मीना देउवाको खुसी, तस्वीर सौजन्यः एन्फा ।

बंगलादेशविरद्ध पहिलो लेगमा २-१ ले पछाडि रहेको अवस्थामा मीनाले नै टोलीलाई बराबरीमा ल्याएकी थिइन् । सोमबार तीन गोलले पछाडि पर्दासम्म पनि कमब्याकको आशा नत्यागेको उनले बताइन् ।

‘हामीले बंगलादेशसँग पहिलो खेलमा दुई गोल फर्काएका थियौं । हिजो तीन गोल हुँदासम्म मलाई ममाथि कन्फिडेन्स थियो, फर्काउन सकिन्छ भन्ने,’ मीनाले सुनाइन्, ‘उपाधि जित्ने लक्ष्य थियो । तर, सफल भएनौं ।’

मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले प्रत्येक खेलपछि ‘स्क्वाड रोटेसन’ गरिरहेका थिए । निर्णायक खेलमा पनि गुरुङले नियमित मिडफिल्डर सूशीला केसी र रक्षक सरिता नाथलाई आराम दिएका थिए । यो शिलशीला प्रतियोगिता अवधिभर चल्यो ।

दिन बिराएर खेल्नुपर्ने व्यस्त तालिकाका कारण ‘स्क्वाड रोटेसन’ को बाध्यता आइपरेको गुरुङले तर्क गरे । बंगलादेशविरुद्ध खेलाडीलाई ‘ओभरलोड’ र ‘थकान’ भएका कारण सकारात्मक नतिजा ल्याउन नसकेको उनको निश्कर्ष छ ।

नेपाललाई ४–० ले हराउँदै बंगलादेश ‘साफ यु–२० च्याम्पियनसिप २०२५’को च्याम्पियन, तस्वीर सौजन्यः साफ ।

‘हामीसँग प्रत्येक खेलका लागि एक दिनको मात्र ‘ग्याप’ थियो । खेलाडीहरुमा ‘फटिग’को समस्या आउँदा ‘रोटेसन’ गर्नुपर्ने बाध्यता थियो,’ गुरुङले भने, ‘बंगलादेशविरुद्ध खेलाडी थाके ।’

बंगलादेशलाई हराए गोलभिन्नताका आधारमा नेपाल च्याम्पियन बन्ने समीकरण बनेको थियो । ढाकाको सम्भावित जितले नेपाली महिला फुटबलमा लागेको घाउमा थोरै भए पनि मलम लगाउने अनुमान थियो । सिनियर टोलीले पनि यो जितमा सान्त्वना पाउने आश गरेको थियो ।

माथिल्लो उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगितालाई सिनियर टोलीको प्रवेशद्वारका रुपमा लिइन्छ । भविष्यका स्टारहरु जन्मिने मञ्च हो, उमेर समूहका प्रतियोगिता ।

सन् २०२७ अथवा २०३१ सम्म फिफा विश्वकप खेल्ने सपना बोकेको नेपाललाई उज्वेकिस्तानको त्यो नमिठो हारले ठूलो धक्का पुगिसक्यो । नेपालको २०२७ मा ब्राजिलमा हुने विश्वकपमा स्थान बनाउने अवसर समाप्त भइसकेको छ । अब पालो मिसन २०३१ मा द्रुत गतिमा अगाडि बढ्ने । यो मिसनमा चाँडै यी कलिला किशोरीहरु जोडिनेछन् ।

एएफसी एसियन कप छनोट प्रतियोगिता खेलेर नेपाली टोली स्वेदश फर्किँदा, तस्वीरः सरोज सापकोटा/खेलाडी

आगामी संस्करणसम्म रेनुका नगरकोटी, अञ्जिला तुम्बाप्पो सुब्बा, अनिता बस्नेत, गीता राना, अमृता जैसी, विमला चौधरीजस्ता खेलाडीले नेपाली टोलीको जर्सी लगाउलान-नलगाउलान, यकिनले भन्न सकिन्न ।

तर, मीना, पूर्णिमा, विर्सना, सूशीला केसी, सेनु परियार, सुक्रिया मियाको खेल कौशलले नेपाली टोलीलाई चाँडै भर दिनेछ, त्यसमा दुई मत छैन । यस्तोमा सोमबारको जित नेपाली महिला फुटबलको भावी पुस्तालाई एउटा उर्जाको सारथी बन्न सक्थ्यो ।

तीन साताअघि मात्र बंगलादेश पहिलो पटक एएफसी एसियन कपमा छनोट भएको थियो । छनोट प्रतियोगिताको समूह ‘सी’मा रहेको बंगलादेशले अंकतालिकाको शीर्ष स्थानमा रहँदै आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपको २१औं संस्करणमा स्थान पक्का गरेको थियो । सागोरिका म्यानमारमा सम्पन्न छनोट प्रतियोगिताको सदस्य थिइन् । कप्तान अफेइदा खाँडकरले त सिनियर टोलीकै नेतृत्व सम्हालिसकेकी छन् ।

स्कुल फुटबल हुँदै उमेर समूह अनि राष्ट्रिय टोलीसम्मको ढोका खोलेका खेलाडीको रवाफमा बंगलादेशले छनोट प्रतियोगितामा समूहको शीर्ष स्थानमा रहँदै अस्ट्रेलियाको टिकट काटेको हो । सिनियर टोलीबाट खेलिसकेको अनुभवले यु-२० साफको उपाधि जितेको हो । नेपालको अवस्था भने फरक छ ।

एएफसी एसियन कप छनोट प्रतियोगितामा बंगलादेशी टोली, कप्तानको आर्मब्यान्डमा अफेइदा खाँडकर, तस्वीर सौजन्यः बंगलादेश फुटबल महासंघ (बिएफएफ)

‘बंगलादेशको ‘ट्रेनिङ क्याम्प’ लामो थियो । हाम्रो हकमा भने यस्तो हुँदैन । जतिबेला प्रतियोगिताको मिति नजिकिन्छ, हामीलाई बन्द प्रशिक्षणमा बोलाइन्छ,’ पूर्णिमाको बुझाई छ, ‘के थाहा ? हामीले पनि पर्याप्त ट्रेनिङ क्याम्प पाएको भए उपाधि जित्न सक्थ्यौं कि ?’

अब नेपालले यही अगस्टमा भुटानमा हुने एएफसी यु-२० एसियन कप छनोट प्रतियोगितामा सहभागिता जनाउने छ । त्यतिन्जेलका लागि चेलीहरु बन्द प्रशिक्षणमा बस्नेछन् । त्यसपछि उनीहरुको गन्तव्य के हुनेछ, थाहा छैन । के एन्फासँग यी खेलाडीलाई टिकाइराख्न ठोस योजना छ ?


भिडियो
Private video
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain