फाल्गुन २६, २०८२ मंगलबार | ०९:३५:२१
सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी

चेल्सी क्लब विश्वकप च्याम्पियन

काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी)माथि ३–० को जित हासिल गर्दै इङ्लिस क्लब चेल्सी फिफा क्लब विश्वकपको च्याम्पियन बनेको छ ।

आइतबार राति न्यू जर्सीस्थित मेटलाइफ रंगशालामा अट्याकिङ मिडफिल्डर कोल पाल्मर चम्कँदा चेल्सीले पिएसजीलाई स्तब्ध पारको हो । सुरुआती दुई गोल गरेका पाल्मरले जाओ पेड्रोको तेस्रो गोलका लागि असिस्ट दिएका थिए । तीनवटै गोल पहिलो हाफमा सम्भव भएको हो ।

करिब साढे ८१ हजार दर्शकको उपस्थिति रहेको फाइनल खेलपछि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोले चेल्सीका कप्तान रिस जेम्सलाई ट्रफी हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पाल्मर चुनिए भने गोल्डेन ग्लोब चेल्सीकै गोलकिपर रोबर्ट सान्चेजले प्राप्त गरे । त्यस्तै युवा खेलाडीको पुरस्कार पिएसजीका डेजोरे डुअ‍े र उच्च गोलकर्ताको पुरस्कार रियाल मड्रिडका गोन्जालो गार्सियाले जिते ।

यस सिजनमा चेल्सीको यो दोस्रो उपाधि हो । एन्जो मरेस्काको नेतृत्वमा रहेको चेल्सीले साढे एक महिनाअघि युइएफए कन्फरेन्स लिगको उपाधि जितेका थिए ।

हारसँगै पिएसजी सिजनको पाँचौं उपाधि जित्न बञ्चित रह्यो ।  प्रशिक्षक लुइस एनरिकेका नेतृत्वमा पिएसजीले यो सिजन घरेलु लिग, लिग वान, घरेलु प्रतियोगिता कोपा डे फ्रान्स, ट्रफी डेस च्याम्पियन्स र च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||