असार ३०, २०८२ सोमबार | ०८:५४:३१
नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी

अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल

साफ यु–२० महिला च्याम्पियनसिपमा बंगलादेशविरुद्ध बल अगाडि बढाउने प्रयासमा नेपाली स्ट्राइकर मीना देउवा, तस्वीर सौजन्यः एन्फा ।

काठमाडौं । इन्जुरी समयको अन्तिम सेकेन्ड्स सम्हालिन नसक्दा नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिपमा घरेलु टोली बंगलादेशसँग पराजय बेहोरेको छ ।

आइतबार ढाकास्थित बसुन्धरा किङ्स एरिना रंगशालामा सम्पन्न प्रतियोगिताको चौथो खेलमा बंगलादेशले नेपाललाई ३–२ ले निराश पार्यो ।

पहिलो हाफमा दुई गोलले पछाडि परेको नेपालले निर्धारित ९० मिनेटमा २–२ को पुनरागमन जनाएको थियो । तर, इन्जुरी समयमा नेपाल अभागिशाली रह्यो । बंगलादेशको जितमा सिन्हा जहान शिखा, मोसम्मत सागोरिका र श्री मोती तृष्णा रानीले गोल गरे । नेपालका लागि अनिशा राई र मीना देउवाले गोल गरे ।

बंगलादेशले खेलको १३औं मिनेटमा अग्रता लियो । मिडफिल्डर मोसम्मत मुन्की अख्तरले बक्स भित्रबाट गरेको लोअर प्रहार गोलकिपर सुजता तामाङलाई बिट हुँदै गोलमा परिणत हुनै लाग्दा रक्षक गँगा रोकायाले गोल लाइन क्लियरेन्स गरेकी थिइन् । तर, बक्सभित्र कुनै पनि निगरानीमा नरहेकी सिन्हा जहान शिखाले बललाई पोस्टको दिशा दिइन् । मुन्कीले यसअघि नेपालका तीन खेलाडीलाई बिट गर्दै मौका सृजना गरेकी थिइन् ।

खेलको ३६औं मिनेटमा बंगलादेशले अग्रतालाई दोब्बर पार्यो । लेफ्ट साइडबाट विंगर शान्ती मार्दीको क्रसलाई गोलकिपर सुजताले नियन्त्रणमा लिन सकिनन् । विपक्षी अग्रपङ्क्तिको ‘हाइ प्रेसिङ’मा सुजताले बललाई समात्न सकिनन् । जसको फाइदा स्ट्राइकर मोसम्मत सागोरिकाले लिइन् ।

साफ यु–२० महिला च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालका अट्याकिङ मिडफिल्डर सुक्रिया मिया, तस्वीर सौजन्यः एन्फा ।

खेलको ५६औं मिनेटमा दुबै टोली १० खेलाडीमा समेटियो । नेपाली रक्षक सिम्रन राई र बंगलादेशी गोलकर्ता मोसम्मत सागोरिका एकअर्कासँग जुधेपछि दुबैलाई रेफ्री याङ्खे छिरिङले सोझै रातो कार्ड देखाइन् ।

७७औं मिनेटमा नेपालले अनिशा राईको पेनाल्टी गोलमार्फत खेलमा फर्किने संकेत दियो । मोसम्मत जोयनब बिबि रिताले स्ट्राइकर मीनालाई लडाएपछि नेपालले सेटपीस अवसर प्राप्त गरेको थियो । अनिशाले गोलकिपर स्वर्ण रानी मण्डललाई कुनै मौका दिइनन् ।

निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा नेपालले बराबरी गोल गर्यो । लेफ्ट साइडबाट स्ट्राइकर पूर्णिमा राईको सुन्दर पासमा विपक्षी रक्षापङ्क्तिको निगरानीमा नरहेकी मीनाले वान टचमा गोल गरिन् ।

इन्जुरी समयको अन्तिम सेकेन्ड्समा उम्हेला माल्माको गतिलाई नेपाली रक्षक माया मास्केले रोक्न सकिनन् । बेन्चबाट मैदान प्रवेश गरेकी उम्हेलाले राइट साइडबाट श्री मोती तृष्णा रानीलाई पास दिइन् । नेपाली रक्षकद्धय सरीता नाथ र अनिशा राईको बिचमा रहेकी श्री मोतीले वान टचमा सुजतालाई बिट गरिन् ।

जितसँगै बंगलादेशले उपाधि सम्भावनालाई बलियो बनाएको छ । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ९–१ ले पाखा लगाएको थियो । यो जितले बंगलादेशले स्पष्ट ६ अंक जोडेको छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ ले निराश पारेको थियो ।

चार राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा डबल राउन्ड रोविन प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार श्रीलंकासँग खेल्ने तालिका छ ।


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH