काठमाडौं । एन्फा यु–१६ युथ लिगमा जावलाखेल युवा क्लबले श्री भगवती क्लबमाथि २–१ को पुनरागमन जित हासिल गरेको छ ।
आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न चौंथो चरणको पहिलो खेलमा जावलाखेलको जितमा विशाल शाही र समीर लोप्चनले गोल गरे । श्री भगवतीले सुयोग श्रेष्ठको गोलमा सुरुआती अग्रता लिएको थियो ।
लिगमा जावलाखेलको दोस्रो जित हो । हालका लागि जावलाखेल सातौं स्थानमा उक्लिएको छ । तेस्रो हार बेहोरेको श्री भगवती आठौं स्थानमा झरेको छ । श्री भगवतीले मात्र एक खेल जितेको छ ।
दिनको दोस्रो खेलमा सातदोबाटो युवा क्लब र मछिन्द्र क्लबले एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् ।
भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH