असार ३०, २०८२ सोमबार | ००:३१:३०
नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा अन्तिम सकेन्ड्समा सम्हालिन नसक्दा बंगलादेशसँग हार्यो नेपाल सञ्जीत सिंह यु–१७ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक साफ यु-२० च्याम्पियनसिपः श्रीलंकाविरुद्ध भुटानको सहज जित सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा विश्वकप छनोटको प्रशिक्षणमा ३२ खेलाडी नरेश थापा यु–१७ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षक, निरुलाई टिम म्यानेजरको जिम्मेवारी श्री भगवतीमाथि जावलाखेलको पुनरागमन जित भारतविरुद्ध इङ्ल्यान्ड २ रनले अगाडी

सातदोबाटोको पोस्टमा एक दर्जन गोल गर्दै मछिन्द्र उक्लियो शीर्ष स्थानमा

काठमाडौं । एन्फा यु-१६ युथ लिगमा सातदोबाटो युवा क्लबमाथि १२-१ को फराकिलो जित हासिल गर्दै मछिन्द्र क्लब अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा मछिन्द्रका आठ खेलाडीले स्कोरसीटमा नाम लेखाए । मछिन्द्रका लागि विकास थापाले ह्याट्रिक गर्दा गोविन्द विक र राहुल कुमार योञ्जनले समान दुई गोल गरे । त्यस्तै कोन्जोक लामा, सौगात मगर, जनक विक, सुमन ठकुरी र करण धामीको नाममा समान एक गोल रह्यो । सातदोबाटोका लागि युवराज बुढाथोकीले गरेको गोल सान्त्वना मात्र बन्यो ।

जितसँगै मछिन्द्र चार खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको हो । लगातार चौथो पराजय बेहोरेको सातदाबाटो तालिकाको पुछारमा छ । सहभागी १४ टोलीमध्ये सबैले कम्तिमा पनि एक खेल जितिसकेको छ । सातदोबाटोको अवस्था भने दयनीय छ । चार खेलमा २८ गोल खाँदा सातदोबाटोले मात्र एक गोल गर्न सकेको छ ।

दिनको पहिलो खेलमा जावलाखेल युवा क्लबले श्री भगवती क्लबमाथि २-१ को पुनरागमन जित हासिल गर्यो । लिगमा जावलाखेलको दोस्रो जित हो । हालका लागि जावलाखेल सातौं स्थानमा उक्लिएको छ । तेस्रो हार बेहोरेको श्री भगवती आठौं स्थानमा झरेको छ । श्री भगवतीले मात्र एक खेल जितेको छ ।

दिनको तेस्रो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम (एनआरटी)ले एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् ।

 

 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH