चैत्र ७, २०८२ शनिबार | २१:२५:०८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

लिगका लागि एनआरटीमा दुई विदेशी खेलाडी

काठमाडौं, (खेलाडी)- चार पटकको पूर्व च्याम्पियन टोली न्युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगको आसन्‍न संस्करणका लागि दुई विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।

नेपाली फुटबलको ‘घर’ दशरथ रंगशालाको प्यारापिटबाट ५० मिटरको दुरीमा रहेको क्लबले शनिबार एक कार्यक्रमका बीच नेपाल सुपर लिग (एनएसएल) विजेता टोली काठमाडौं रेजर्सका मासुके ओलुमो र स्टेफन समिरलाई एक सिजनका लागि अनुबन्ध गरेको हो । 

गत महिना दशरथ रंगशालामा सम्पन्‍न एनएसएलको पहिलो संस्करणमा काठमाडौं रेजर्सले उपाधि जित्दा ओलुमो र समिरको प्रदर्शन महत्वपूर्ण थियो । 

‘लिगका लागि चार विदेशी खेलाडी राख्‍न पाउने प्रावधानअनुसार हामीले दुई विदेशी खेलाडीसँग आज सम्झौता गरेका हौं । यिनै दुई खेलाडीको अगुवाईमा काठमाडौं रेजर्सले एनएसएलको उपाधि जितेको थियो,’ क्लबद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘अघिल्ला प्रतियोगिताहरुमा जस्तै मासुेक ओलुमो र स्टेफेन समिरको लयले टोलीलाई उपाधि लक्ष्य तिर अगाडि बढाउने अपेक्षा क्लबले राखेको छ ।’

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले शीर्ष डिभिजनको लिग आगामी असोज तीन गतेबाट गर्ने घोषणा गरेको छ । होम एण्ड अवे प्रणालीमा हुने भनिएको लिगका लागि तयारी थालिसकेको क्लबले जनाएको छ । लिग तयारीको क्रममा टोलीले मुख्य प्रशिक्षकको भुमिकामा राजुकाजी शाक्यलाई निरन्तरता दिनुका साथै अन्य खेलाडीसँग पनि अनुबन्धन प्रक्रिया सुरु गरिसकेको अध्यक्ष सुन्दरनरसिंह जोशीले बताएका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो