माघ १८, २०८२ आइतबार | १२:३१:३६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

लिगका लागि एनआरटीमा दुई विदेशी खेलाडी

काठमाडौं, (खेलाडी)- चार पटकको पूर्व च्याम्पियन टोली न्युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगको आसन्‍न संस्करणका लागि दुई विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ ।

नेपाली फुटबलको ‘घर’ दशरथ रंगशालाको प्यारापिटबाट ५० मिटरको दुरीमा रहेको क्लबले शनिबार एक कार्यक्रमका बीच नेपाल सुपर लिग (एनएसएल) विजेता टोली काठमाडौं रेजर्सका मासुके ओलुमो र स्टेफन समिरलाई एक सिजनका लागि अनुबन्ध गरेको हो । 

गत महिना दशरथ रंगशालामा सम्पन्‍न एनएसएलको पहिलो संस्करणमा काठमाडौं रेजर्सले उपाधि जित्दा ओलुमो र समिरको प्रदर्शन महत्वपूर्ण थियो । 

‘लिगका लागि चार विदेशी खेलाडी राख्‍न पाउने प्रावधानअनुसार हामीले दुई विदेशी खेलाडीसँग आज सम्झौता गरेका हौं । यिनै दुई खेलाडीको अगुवाईमा काठमाडौं रेजर्सले एनएसएलको उपाधि जितेको थियो,’ क्लबद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘अघिल्ला प्रतियोगिताहरुमा जस्तै मासुेक ओलुमो र स्टेफेन समिरको लयले टोलीलाई उपाधि लक्ष्य तिर अगाडि बढाउने अपेक्षा क्लबले राखेको छ ।’

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले शीर्ष डिभिजनको लिग आगामी असोज तीन गतेबाट गर्ने घोषणा गरेको छ । होम एण्ड अवे प्रणालीमा हुने भनिएको लिगका लागि तयारी थालिसकेको क्लबले जनाएको छ । लिग तयारीको क्रममा टोलीले मुख्य प्रशिक्षकको भुमिकामा राजुकाजी शाक्यलाई निरन्तरता दिनुका साथै अन्य खेलाडीसँग पनि अनुबन्धन प्रक्रिया सुरु गरिसकेको अध्यक्ष सुन्दरनरसिंह जोशीले बताएका छन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।