काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले फिफा क्लब विश्वकपमा अन्तिम १६ को यात्रा तय गरेको छ ।
अमेरिकाको लुम्यान फिल्डमा सोमबार सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा पिएसजीले घरेलु टोली सिएटल साउन्डर्सविरुद्ध २-० को जित दर्ता गर्यो ।
बोटाफोगो र एट्लेटिको मड्रिडसँग समान अंक रहे पनि गोल अन्तरमा अगाडि रहँदा पिएसजी समूह विजेता बन्यो ।
जितसँगै तीन खेलमा ६ अंक जोडेको पिएसजी समूह ‘बी’ का शीर्ष स्थानमा रह्यो । तीनै खेलामा पराजित सिएटल विनाअंक बाहिरिएको छ ।
पिएसजीलाई जित दिलाउन ख्विचा क्वारत्स्खेलिया र अचरफ हाकिमीले गोल गरे ।
खेलको ३५औं मिनेटमा क्वारत्स्खेलियाको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । ६६औं मिनेटमा हाकिमीले टोलीको अग्रता दोब्बर बनाए ।
भिडियो
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari
MANMAYA DAMAI ।अन्तर्राष्ट्रिय डेब्यू गरिरहँदा गुरुलाई सम्झेँ l DEFENDER, NEPAL NATIONAL WOMENS TEAM
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो ll NEPAL NATIONAL CRICKET TEAM
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB