काठमाडाैं । पेरुलाई गाेलरहित बराबरीमा राेक्दै इक्वेडर फिफा विश्वकपमा छनाेट भएकाे छ ।
इक्वेडर पाँचौं पटक फिफा विश्वकपमा छनाेट भएकाे हाे । टाेलीले पहिलाे पटक सन् २००२काे विश्वकप खेलेका थियाे ।
बुधबार फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा याे नतिजा निकालेसँगै इक्वेडरले कम्तिमा पनि छैटौं स्थानमा रहेर विश्वकप खेल्ने पक्का भएको हो ।
बराबरीसँग इक्वेडर १६ खेलमा २५ अंक जाेडेर दाेस्रो स्थानमा छ । पेरु समान खेलबाट १२ अंकका साथ नवाैं स्थानमा छ ।
आगामी वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपमा हालसम्म १३ देशले स्थान पक्का गरेका छन् । यसअघि तीन आयोजक राष्ट्रले स्वतः विश्वकपमा स्थान बनाउँदा छनोटबाट जापान, न्युजिल्यान्ड, इरान, अर्जेन्टिना, उज्वेकिस्तान, जोर्डन, दक्षिण कोरिया,अस्ट्रेलिया र ब्राजिलले विश्वकपमा स्थान सुरक्षित गरेका थिए ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3