असार ८, २०८२ आइतबार | ०७:३५:२८
वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’ वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी दीपेन्द्रसहित ६ खेलाडीलाई सुदूरपश्चिम रोयल्सले गर्यो रिटेन नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने ‘फलन जायन्ट’ थ्री स्टारः इतिहास, अवसान र अवसर एसियन कपमा नेपालका प्रतिद्वन्द्वी कस्ता ? बद्लिँदो युरोपेली फुटबलमा नम्बर १० को पुनरागमन आत्मकथा शृंखला-५: मैले गोल गर्दा गोरखापत्रमा नाम आउँथ्यो, मामाबाजे खुसी हुनुहुन्थ्यो अबोध फुटबलरको सपनामा ‘भद्दामजाक’

एसियन कप छनोट: लाओसविरुद्ध जितको लक्ष्यमा नेपाल

एएफसी एसियन कप तथा फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटको पहिलो लेगमा लाओसविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाली टोली, तस्वीरः केशव कट्वाल/खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मंगलबार एसियन कप छनोटको तेस्रो चरणमा लाओससँग प्रतिस्पर्धा गर्दैछ । लाओसको राजधानी भेन्टियानस्थित लाओ नेसनल रंगशालामा खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे हुनेछ ।

छनोट प्रतियोगिताको समूह ‘एफ’मा नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोरेको थियो । साढे दुई महिनापछि नेपालले दोस्रो खेल खेल्न लागेको हो ।

एसियन कपको छनोटमा नेपाल तेस्रो चरणसम्म पुगेको यो लगातार दोस्रो पटक हो । यसअघि एसियन कप २०२३ को छनोटमा पनि नेपाल तेस्रो चरणसम्म पुगेको थियो ।

एएफसी एसियन कप तथा फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटको पहिलो लेगमा लाओसविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाली टोली, तस्वीरः केशव कट्वाल/खेलाडी

यसपालि नेपालले फिफा वरीयताकै आधारमा प्रारम्भिक चरण खेल्नुपरेको थियो । एसियामा कुल ४७ देश एएफसीको सदस्य छन् । यसमध्ये वरियताको तल रहेका २२ टोलीले पहिलो चरणबाटै छनोट प्रतियोगिता खेल्नुपरेको थियो ।

होम एन्ड अवे ढाँचामा नेपालले पहिलो चरणमा लाओसलाई समग्रमा २-१ ले हरायो । दोस्रो चरणमा नेपालको भेट संयुक्त अरब इमिरेट्स, बहराइन र यमनसँग भएको थियो । कुल ६ खेलमा नेपालले मात्र एक अंक जोड्न सक्यो । जसका कारण अर्को वर्ष हुने विश्वकप खेल्ने नेपालको चुनौती सकिए पनि एसयिन कप छनोटको तेस्रो चरणलाई भने टोली छानियो ।

तेस्रो चरणमा नेपालले समूहमा भियतनाम, मलेसिया र लाओससँग प्रतिस्पर्धा गर्नुपर्नेछ । होम एन्ड अवे ढाँचामा प्रत्येक टोलीले ६ वटा खेल खेल्नेछन् । समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औं संस्करणको टिकट काट्नेछ ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालविरुद्ध गोल गरेपछि खुसियाली मनाउँदै मलेसियन खेलाडी(पहेँलो जर्सीमा), तस्वीर सौजन्यः एन्फा ।

फिफा वरीयतामा भियतनाम र मलेसिया यो समूहका बलिया टोली हुन् । भियतनाम नेपालभन्दा ६६ स्थान र मलेसिया ४४ स्थान माथि छ । यद्यपि नेपालले एसियन कपमा पुग्ने लक्ष्य बोकेको छ । मुख्य प्रशिक्षक म्याट रस अन्तिम समयसम्म एसियन कप पुग्न लडाईँ लड्न तयार छन् ।

मलेसिया भ्रमणअघि नेपाली टोलीले पर्याप्त प्रशिक्षण समय पाएको थिएन । खेलाडी मोफसलका प्रतियोगितामा व्यस्त भइरहेकै बेला नवनियुक्त प्रशिक्षक रसले दुई साताको समय अघि मात्र प्रारम्भिक टोली घोषणा गरेका थिए ।

एक त नयाँ टोली, त्यसमाथि कम समयको प्रशिक्षण । यही कारण मलेसियासँग नेपालले राम्रो गर्न सकेन । यो कुरा रस आफैँले स्वीकारेको तथ्य हो । तर, रस आगामी यात्राका लागि सकारात्मक छन् । उनी भन्छन्, लाओसबाट मेरो वास्तविक परिक्षण सुरु हुनेछ । सर्वप्रथम हामी लाओसलाई हराउन चाहन्छौं । सबै खेल खेल्दा अधिकतम १३ अंक जोड्ने प्रयासमा छौं ।

हङकङविरुद्धको मैत्रीपूर्ण खेल र लाओसविरुद्धको एएफसी एसियन कप छनोटको तयारीस्वरुप दशरथ रंगशालामा प्रशिक्षण गर्दै नेपाली राष्ट्रिय फुटबल टोली, तस्वीरः सरोज सापकोटा/खेलाडी

मलेसियाविरुद्ध हामी ‘ट्याक्टिल अवेरनेस’मा चुक्यौं । हारको जिम्मेवारी म स्वयं लिन्छु । मैले मलेसियाविरुद्ध खेल्न आवश्यक तयारी गर्न सकिनँ,’ रस भन्छन्, ‘सिंगापुर र मलेसिया भ्रमणमा सकारात्मक पक्ष पनि थिए । सिंगापुरविरुद्धको जितले हामी कुन स्तरसम्म खेल्न सक्छौं भन्ने छर्लङ्ग पारिदिएको छ । यो टोलीले जुनसुकै प्रतिद्वन्द्वीलाई कडा प्रतिस्पर्धा दिन सक्छ भन्ने पाठ मैले सिकें । त्यसैले म दिनप्रति दिन टोलीलाई निखार्ने काम गरिरहेको छु । मलाई आशा छ हामीले एसियन कपमा स्थान बनाउन सक्छौं । हामी १३ अंक जोड्ने लक्ष्यमा छौं ।’

मलेसियाअघि नेपाली टोलीले यसको तयारीस्वरुप सिंगापुरविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । फरवार्ड जिलेश्पीजंग कार्कीको निर्णायक गोलमा नेपालले सिंगापुरविरुद्ध १–० को जित हासिल गरेको थियो । यो जित ऐतिहासिक यसअर्थमा थियो कि नेपालले ३६ वर्षपछि सिंगापुरलाई हराएको थियो ।

यसपालि पनि नेपालले लाओसविरुद्धको खेल अगाडि गत बिहीबार तुलनात्मक रुपमा बलियो हङकङविरुद्ध झण्ढै चार दशकपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो । यो मैत्रीपूर्ण खेलमा पनि नेपाली टोली निराश हुनु परेन । ५-४-१ को रक्षात्मक फर्मेशनमा उत्रिएको नेपाली टोलीले ३-४-३ को शैलीमा उत्रिएको आक्रामक हङकङलाई गोलरहित बराबरीमा रोक्यो । कप्तान तथा गोलकिपर किरण चेम्जोङले हङकङका चार खतरनाक प्रहार विफल पारेका थिए । उता नेपालले भने पोस्टमा एउटा प्रहार पनि गर्न सकेन । मलेसियाविरुद्ध पनि नेपाली टोली यही शैली मैदान उत्रिएको थियो ।

हङकङविरुद्धको मैत्रीपूर्ण खेलपछि नेपाली समर्थकसामू नेपाली राष्ट्रिय फुटबल टोली, तस्वीर सौजन्यः एन्फा ।

लाओसविरुद्ध पहिलो चरण खेल्दा टोलीका प्रशिक्षक थिए, भिन्जेन्जो अल्बर्टो एनेस । दुवै लेगमा नेपालले ‘फोर म्यान डिफेन्सिभ वाल’मा खेलेको थियो । यद्यपि यी खेलमा पनि नेपाल ‘डिफेन्सिभ अप्रोच’मै मैदानमा उत्रिएको थियो । लाओसविरुद्ध दुवै लेगमा पिभोट रोलमा देखिएका लाकेन लिम्बूलाई रसले हङकङविरुद्ध सेन्ट्रल फरवार्डका रुपमा प्रयोग गरेका थिए । ‘बक्स टु बक्स’ मिडफिल्डर लाकेनले लाओसविरुद्ध कुन जिम्मेवारी पाउनेछन्, त्यो मंगलबारै थाहा हुनेछ ।

नेपालले लाओससँग अहिलेसम्म खेलेका ६ अन्तर्राष्ट्रिय खेलमा पराजय बेहोर्नु परेको छैन । नेपालले लाओसविरुद्ध पछिल्ला ६ खेलमा तीन जित र तीन बराबरी खेलेको छ । बलियो इतिहासका बावजुद कप्तान किरण लाओसलाई सहज रुपमा नलिने प्रतिक्रिया दिन्छन् ।

‘लाओसलाई हामीलाई डोमिनेट गरिरहेका छौं । तर, हामीले विपक्षी सबैले एकै नजरमा हेर्नुपर्छ । लाओसको टोलीमा पनि धेरै परिवर्तन आएको छ भन्ने बुझेका छौं । त्यसैले यो खेललाई लिएर शतर्क छौं । जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछौं,’ किरणले भने ।

जहाँ प्रशिक्षक रसले मलेसियाविरुद्धको खेलका लागि कम प्रशिक्षण समय पाएका थिए । यसपालि करिब एक महिनाको प्रशिक्षणपछि नेपालले लाओसको यात्रा गरेको छ ।

एएफसी एसियन कप तथा फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटको पहिलो लेगमा लाओसविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाली टोली, तस्वीरः केशव कट्वाल/खेलाडी

लाओस भ्रमणका लागि रसले वैशाखमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल) लगत्तै खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । २७ सदस्यीय प्रारम्भिक टोलीले पहिलो ५ दिन मनाङमा ‘हाइअल्टिच्युड ट्रेनिङ’ गरेको थियो ।

समुद्र सतहभन्दा ३५०० मिटर उचाइमा रहेको मनाङमा प्रशिक्षण गर्नुका विभिन्न कारण थिए । समुद्र सतहभन्दा ७१० मिटर उचाइमा रहेको लाओसविरुद्ध खेल्दा यसले खेलाडीलाई सहज हुने विश्वाससहित टोली मनाङ पुगेको थियो । यसबाहेक यो ५ दिने सिविरले टोलीलाई के–के फाइदा पुग्यो त ? मनाङ बसाइले टिम बन्डिङमा सुधार आएको कप्तान किरण चेम्जोङको तर्क छ ।

‘मनाङको सिविर ‘टिम बन्डिङ’मा निकै फलदायी भयो । विगतका दिनमा हामीले यस किसिमको प्रशिक्षण गरेका थिएनौं,’ कप्तान किरणले सुनाए, ‘नयाँ भाइहरूले सिनियर खेलाडीसँग घुलमिल हुने अवसर प्राप्त गरे । अहिले यी भाइहरूसँग ‘साइनेस’ छैन । सबैले एकअर्कालाई ‘कोअपरेट’ गरिरहेका छन् ।’

प्रशिक्षक रस पनि किरणकै कुरामा जोड दिन्छन् । मनाङको बसाइले टोलीका सदस्यहरू थप नजिकिएको उनको बुझाइ छ ।

हङकङविरुद्धको मैत्रीपूर्ण खेल र लाओसविरुद्धको एएफसी एसियन कप छनोटको तयारीस्वरुप मनाङमा ‘हाइअल्टिच्युड ट्रेनिङ’का दौरान नेपाली टोली, तस्वीर सौजन्यः एन्फा ।

‘कार्डियो भास्कुलर सिस्टम’ राम्रो हुनु यो सिविरको मुख्य फाइदा हो । अक्सिजन कमीले शरीरलाई धेरैभन्दा धेरै ‘रेड ब्लड सेल’ उत्पादन गर्न र फोक्सो र मुटुमा पनि सकारात्मक असर पार्ने गर्छ,’ रसले भने, ‘यसबाहेक मनाङमा हामीले सँगै केही गाह्रो परिस्थिति पनि आत्मसात गर्यौं । ती कठिनाइ पार लगायौं । सबैले एकअर्कालाई नजिकबाट चिन्ने मौका पाए । मनाङको यात्राले अफिसियल, व्यवस्थापन र खेलाडीमा भाइचाराको सम्बन्ध ल्याएको छ ।’

मनाङपछि टोलीले तीन साता दशरथ रंगशालामा प्रशिक्षण गरेको थियो । जहाँ रसले ट्याक्टिकल र फिटनेसमा जोड दिए । अहिले खेलाडीको फिटनेस राम्रो भएको र चोटको समस्या नरहेको उनी बताउँछन् । यद्यपि टोलीका प्रमुख खेलाडी राइट ब्याक सनीस श्रेष्ठ हङकङविरुद्धको मैत्रीपूर्ण खेलमा घाइते हुँदै मैदानबाट बाहिरिएका थिए । उनी खेल्ने नखेल्ने विषयमा आधिकारिक जानकारी आइसकेको छैन ।

अहिलेसम्मको इतिहासमा लाओसविरुद्ध नेपालले कूल ९ गोल गरेको छ भने पाँच गोल खाएको छ । पछिल्लो पटक मनिष डाँगीको निर्णायक गोलमा नेपालले लाओसलाई हराएको थियो । त्यो खेलयता लाओसले १२ अन्तर्राष्ट्रिय खेल खेल्दा एकमा मात्र जित हासिल गरेको छ । नेपालले भने त्यसपछि ११ मध्ये दुई खेल जितेको छ । यी ११ खेलमा नेपालले मात्र चार गोल गर्न सकेको छ । जसमध्ये फरवार्ड जिलेश्पीजंग (कार्की) एक्लैको नाममा दुई गोल छ ।

अन्तर्राष्ट्रिय डेब्यूको पर्खाईमा रहेका गोलकिपर विशाल सुनार र कृतिशरत्न छुन्जुसँगै फरवार्ड सृजनराज गौतम र उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै आएका युवा स्टार कुशल देउवा पहिलो पटक राष्ट्रिय टोलीमा समेट्दै रसले अन्तिम टोली घोषणा गरेका थिए । सिंगापुर र मलेसिया भ्रमणका दौरान पनि रसले चार नयाँ अनुहारः गोलकिपर अञ्जल श्रेष्ठ, रक्षक सुमन श्रेष्ठ तथा फरवार्डद्धय सुवास बम र रेजीन सुब्बालाई समेट्दै टोली निर्माण गरेका थिए । अञ्जलबाहेक सबैले पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका थिए ।

हङकङविरुद्धको मैत्रीपूर्ण खेल अन्तर्राष्ट्रिय डेब्यू गरेका नेपाली फरवार्ड सृजन राज गौतम, तस्वीर सौजन्यः एन्फा ।

यसपालि सृजनले हङकङविरुद्ध अन्तर्राष्ट्रिय डेब्यूको अवसर प्राप्त गरे । उनले निर्धारित समय सकिन ८ मिनेट बाँकी रहेको स्थितिमा अञ्जन विष्टलाई प्रतिस्थापन गरेका थिए । अब बाँकी रहे कृतिश र कुशल । यी तीनले ‘प्लेइङ’ मिनेट्स’ पाउने सम्भावना कति छ त ?

‘टिममा सबै खेलाडीको स्तर लगभग उस्तै छ । हाम्रो स्क्वाड डेप्थ बलियो छ । नयाँ खेलाडीले पनि मौका पाउन सक्छन्,’ रसको बुझाई छ, ‘पहिलो रोजाईका खेलाडीमा स्थिरता छ । जुन नयाँ खेलाडीमा अलि कम छ । हरेक दिन कसरी स्थिरता कायम गर्ने कुरा नयाँ खेलाडीले सिक्न आवश्यक छ ।’

सम्भावित नेपाल ११
किरण चेम्जोङ (कप्तान), योगेश गुरुङ, अनन्त तामाङ, सुमन श्रेष्ठ, रोहित चन्द, विमल पाण्डे, एरिक विष्ट, मनिष डाँगी, आयुष घलान, लाकेन लिम्बु, अञ्जन विष्ट

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team