चैत्र १६, २०८२ सोमबार | १६:४७:३५
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

च्याम्पियन बन्ने लक्ष्यमा एपिएफ र पुलिस

ट्रफीका साथ दुवै टोलीका कप्तान र प्रशिक्षक ।

बाँके । पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल शुक्रबार नेपालगञ्ज रंगशालामा हुँदैछ । फाइनल अघि बिहीबार भएको पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तान र प्रशिक्षकले आफु नै उपाधिको हकदार भएको दाबी गरेका छन् ।

दिउँसो ४ बजे सुरु हुने फाइनल जित्दै पुलिस एपिएफको अपराजित यात्रामा पूर्णविराम लगाउन चाहन्छ । २०७९ साल यता एपिएफलाई कुनै पनि टोलीले पराजित गर्न सकेको छैन । त्यतीबेला च्याम्पियन बनेकाे पुलिस पनि त्यसयता उपाधिविहिन छ ।

त्यसयता एपिएफले दुई पटक महिला लिग जितिसकेको छ । यस्तै टोलीले इलाम र चितवन गोल्डकपको उपाधि पनि उचालेको छ ।

पुलिसका प्रशिक्षक सुमन सुवेदीले एपिएफमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहे पनि उपाधि जित्न खेल्ने बताए । ‘एपिएफका अधिकांश खेलाडीसँग राष्ट्रिय टिमबाट खेलेको अनुभव छ । तर, पछिल्लो खेल हामीले उनीहरूको राम्रोसँग हेरेका छौं । त्यही अनुसार योजना बनाउने छौं । उपाधि जित्नु नै हाम्रो एकमात्र लक्ष्य हो ।’

पुलिसकी कप्तान निरु थापा पनि युवा खेलाडीको प्रदर्शन राम्रो भएकाले उपाधि जित्नेमा विश्वस्त छिन् । ‘ युवा खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । उनीहरूले नेपालगञ्जको गर्मीमा पनि निकै राम्रो खेल्दा हामीलाई हौसला मिलेको छ । एपिएफ बलियो टोली हो । तर हामी पनि आफ्नोतर्फबाट शतप्रतिश दिँदै उपाधि जित्ने प्रयास गर्नेछौं ।’

यसअघि पुलिसले पहिलो खेलमा भारतको सिलिगुढी एफसीलाई ४-० ले र सेमिफाइनलमा विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा ६-५ ले हराएको थियो ।  

अन्तरालको आयोजना बाँके जिल्ला फुटबल संघको सहकार्यमा पहिलो पटक भइरहेको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । त्यस्तै विधागत सर्वोत्कृष्ट खेलाडीले पनि मेडल प्राप्त गर्नेछन् ।

यता, एपिएफले पहिलो खेलमा कर्णाली प्रदेश फुटबल संघलाई ६-० तथा सेमिफाइनलमा रौतहटलाई ३-० ले पराजित गरेकाे थियो ।

एपिएफकी प्रशिक्षक भगवती थापाले रौतहटविरुद्ध केही गाह्रो भए पनि फाइनलमा पुलिसको सामना गर्न तयार रहेको बताइन् । ‘सेमिफाइनलमा सुरुमै गोल भएन । त्यसैले दबाब भयो । फाइनलमा हामी त्यस्तो हुनदिदैनों,’ थापाले भनिन्, ‘यहाँको मौसमले पनि हामीलाई गाह्रो भएको हो । विभागीय डर्बीमा हामी स्वभाविक खेल खेल्छौं ।’

एपिएफकी कप्तान अनिता बस्नेतले पनि उपाधि जित्न तयार भएको बताइन् । ‘अघिल्लो वर्ष लगातार तीन उपाधि जित्यौं । अब, २०८२ को पहिलो उपाधिका रूपमा लुम्बिनी कप भित्र्याउन चहान्छौ,’ अनिताले भनिन् ।

यो सिजन एपिएफ र पुलिस दोस्रो पटक फाइनलमा भिड्दैछन् । यसअघि राष्ट्रिय महिला लिगको फाइनलमा एपिएफले पुलिसलाई निरास बनाएको थियो ।

एपिएफले इलाम र चितवनमा भने आर्मीलाई हराउँदै उपाधि जितेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो