भाद्र १, २०८२ सोमबार | १८:५४:०६
एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित मनिष तिमल्सिना अफगानिस्तानको गोलकिपर प्रशिक्षक एसियन आइटिएफ तेक्वान्दो च्याम्पियन्स लिगमा नेपालले जित्यो दुई पदक टप एन्ड ट्वान्टी-२० शृंखलाः नेपालको लगातार तेस्रो हार पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान एफसी रियलेविरुद्ध चर्च ब्वाइजको एकतर्फी जित इटलीकी ओउमायमा कोडिएल काठमाडौं स्पाइकर्समा भुटान पुग्यो नेपाली यु-१७ फुटबल टोली तेक्वान्दो खेलाडी सम्मानित मनिष तिमल्सिना अफगानिस्तानको गोलकिपर प्रशिक्षक एसियन आइटिएफ तेक्वान्दो च्याम्पियन्स लिगमा नेपालले जित्यो दुई पदक टप एन्ड ट्वान्टी-२० शृंखलाः नेपालको लगातार तेस्रो हार पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान

एन्फा नकआउट प्रतियोगिता अन्योल, चार टिम मात्र दर्ता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने भनेको लिग कम नकआउट प्रतियोगिता अन्योलमा परेको छ ।

एन्फाले टिम दर्ता गर्ने अन्तिम मिति बैशाख १० गते (आज) सम्मलाई तोकेको थियो । तर अन्तिम मितिसम्म विभागीय टोली र संकटा क्लबले मात्र टिम दर्ता गराएका छन् ।

नेपाल पुलिस क्लबका प्रतिनिधि प्रहरी निरीक्षक श्रवणकुमार झा, एपिएफका प्रशिक्षक जीवेशकुमार पाण्डे, आर्मीका व्यवस्थापक चुनबहादुर थापा र संकटाका अध्यक्ष इन्द्रमान तुलाधरले टोली दर्ता गरेको जानकारी दिए ।

गत चैत २५ गते सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न बैठकले १४ शीर्ष डिभिजन क्लबको सहभागिता रहने लिग कम नक आउट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

यस्तै गत बिहीबार बसेको शीर्ष डिभिजनका ९ क्लबको बैठकले संयुक्तरुपमा प्रतियोगिता नखेल्ने निर्णय गरेका थिए । बैठकमा विभागीय टिमसँगै सातदोबाटो र खुमलटारका प्रतिनिधि उपस्थित थिएनन् ।

एन्फा प्रवक्ता सुरेश शाह पनि शीर्ष टोलीहरूले नै इच्छा नदेखाएपछि प्रतियोगिता हुने सम्भावना नरहेको तर्क गर्छन् । ‘हामीले शीर्ष डिभिजनका क्लबहरूले खेल्ने इच्छा देखाएको खण्डमा नकआउट प्रतियोगिता गर्ने योजना बनाएका थियौं । हामी अझै छलफल गर्नेछौं । त्यसपछि पनि उहाँहरूले इच्छा देखाउनु भएन भने प्रतियोगिता हुँदैन,’ एन्फा प्रवक्ता शाहले भने ।  

पछिल्लो लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडका अध्यक्ष रुवेन राई आन्तिरिक समस्या तथा अन्य टिमसँगको सल्लाहले टिम दर्ता नगराएको बताउँछन् ।

‘गत साता बसेको बैठकबाट हामीले संयुक्तरुपमा प्रतियोगिता नखेल्ने निर्णय गरेका थियौं । यसैगरी हरेक वर्ष एएफसीको लाइसेन्स नवीकरण गर्नुपर्छ । यस पटक हामीले समयमै त्यो मापदण्ड पूरा गर्न सक्ने अवस्था छैन । विदेशी खेलाडीको श्रम स्विकृतिका लागि पनि पर्याप्त समय नरहेकाले नखेल्ने निर्णय गरेका हौं ।’

बैशाख २० गतेबाट सुरु हुने भनिएको प्रतियोगिताको विजेताले एएफसी च्यालेन्ज लिग २०२५/२६ का पहिलो चरणमा नेपालको प्रतिनिधित्व गर्ने बताइएको छ । तर प्रतियोगिता नै नहुने अवस्था आएपछि एएफसी च्यालेन्ज लिगमा नेपालको सहभागिता पनि अन्योलमा परेको छ ।

गत वर्ष लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले यो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेको थियो । चर्च ब्वाइज घरेलु मैदानमै भुटानको पारो एफसीसँग २-१ ले पराजित गरेको थियो ।

यस्तै एन्फा पूर्वअध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कमाछिरिङ शेर्पा समय अभाव तथा विधान विपरितको प्रतियोगिता भएका कारण सहभागिता नजनाउने निर्णयमा पुगेकाे बताउँछन् ।

‘एन्फाले यो प्रतियोगितालाई शीर्ष डिभिजन लिगको विकल्पका रूपमा ल्याउन खोजेको छ । त्यो हामीलाई मान्य हुने छैन । हामी एन्फाको विधानविपरित हुन लागेको प्रतियोगितामा सहभागिता जनाउने छैनौं,’ शेर्पाले भने ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video