चैत्र १०, २०८२ मंगलबार | २२:५५:४८
रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र

एन्फा राजनीतिको चपेटामा खेलाडी

पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै सरस्वती क्लबका अध्यक्ष उत्तमराज भण्डारी (बीच) तस्विरः केशव थापा/खेलाडी ।

काठमाडौं । सरस्वती क्लबले धिरेन्द्रबहादुर शाहलाई ‘बी’ डिभिजन लिगमा लगाइएको प्रतिबन्ध आधारहिन रहेको र यसले खेलाडीको खेल्न पाउने अधिकार हनन गरेको बताएको छ ।

क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत श्री टुसाल युवा क्लब र एन्फाको लापरबाहीका कारण खेलाडी र क्लबको भविष्य खतरामा पारेको प्रतिक्रिया दियो ।

क्लबले खेलाडी दर्ता गर्नुपर्ने सबै प्रक्रिया पूरा गरी, सबै कागजात रुजु गरी एन्फाले स्विकृत गरेपछि मात्र खेलाडीलाई मैदान उतारिएको र दुई खेल खेलिसकेपछि अनावश्यक रूपमा विवादको सिर्जना गरिएकाले न्यायका लागि बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको पनि बतायो ।

सरस्वतीले फागुन २५ बाट सञ्चालन भइरहेको लिगमा एन्फाले तोकेको सबै प्रक्रिया पूरा गरी धिरेन्द्रलाई मैदान उतारिरहेको थियो । तर, चैत ७ गते भएको खेलपछि नयाँबस्तीले टुसालको खेलाडी भएको भन्दै धिरेन्द्रविरुद्ध एन्फामा उजुरी गरेको थियो । 

सरस्वतीले धिरेन्द्र र टुसालबीचको सम्झौता २०८० सालमै सकिएको, उक्त सम्झौतामा उल्लेख भएको २० प्रतिशत पहिलो किस्ता आजसम्म पनि नदिएको/नपाएको हुदाँ उक्त करार स्वतः निष्कृय हुने कानुनी व्यवस्था हुदाँहुदै पनि क्लबले दावी गरेको र एन्फाले स्विकार गरेको, एन्फाले दर्ता प्रक्रिया हुँदा करारमा रहेका खेलाडी सूची उपलब्ध गराउन पत्रचार गरेकोमा टुसालबाट कुनै प्रतिक्रिया नआएको, ५० जनासम्म खेलाडी प्रतियोगिता अगाडि पनि दर्ता गर्न पाइने सुविधा हुँदा पनि खेलाडीको नाम दर्ता नगरेको, टुसालले धिरेन्द्रलाई आफ्नो क्लबबाट पनि नखेलाउने र अन्य क्लबबाट पनि खेल्न नदिने नियत राखेर विवदा सिर्जना गरेको जस्ता आरोप लगाएको छ ।

सरस्वतीले जारी गरेको प्रेस रिलिज:

धिरेन्द्रले २०७९ ‘बी’ डिभिजन लिगका लागि टुसाल युथ क्लबसँग सम्झौता गरेका थिए । तर लिग समयमै नभएपछि उनले जारी लिगमा सरस्वती युथ क्लबबाट खेलेका थिए ।

धिरेन्द्रले सरस्वतीबाट लिगमा सुरुआती दुई खेल खेल्दा दुई गोल गरेका थिए । त्यसयता भने एन्फाले धिरेन्द्रलाई लिग खेल्न रोक लगाएको छ ।

धिरेन्द्रले टुसाल युवा क्लबसँगको आफ्नो सम्झौता सकिइसकेको र निष्कृय भइसकेको सम्झौतालाई आधार मानेर एन्फाले लिगका बाँकी खेलमा गरेको निलम्बन फकुवाका लागि उच्च अदालत पाटनमा रिट दायर गरेका छन् । हाल उक्त रिट विचाराधीन छ ।

धिरेन्द्रले आफूलाई नियतवस खेलबाट बञ्चित गराइएको बताएका छन् । ‘टुसालले कुनै वास्ता नगरेपछि सरस्वतीसँग सम्झौता गरेको हुँ । तर अहिले आएर विवाद सिर्जना गरिरहेको छ । उनीहरूको सोच आफूले  पनि नखेलाउने र अरुले पनि नखेलाओस भन्ने छ । मलाई नियतवस खेलबाट बञ्चित गराइएको छ,’ धिरेन्द्रले भने ।

यस्तै सरस्वतीका अध्यक्ष उत्तमराज भण्डारीले एन्फाको लापर्वाहीका कारण क्लब र खेलाडीले ठूलो क्षती बेहोर्नु परेको प्रतिक्रिया दिए ।

‘टुसालले पहिलो किस्ताबापतको रकम नदिने बित्तिकै धिरेन्द्रसँगको सम्झौता रद्द भइसकेको छ । त्यसमाथि खेलाडी दर्ता प्रक्रिया हुँदा चाँही कुनै वस्ता नगर्ने अनि अहिले आएर विवाद गर्न पाहिन्छ । यदी खेलाडी करारमा थियो भने पहिल्यै किन नभनेको ? एन्फाको प्रक्रिया पूरा गरिसकेपछि त खेलाडी हाम्रो भयो नी । अब हामी हाम्रो खेलाडीलाई मैदान उतार्न नपाउन ? यो कहाँको नियम हो ? यसरी खेलाडीको भविष्यमाथि खेलवाड गर्न पाइन्छ ? एउटा टिम बनाउन क्लबले कति मिहेनत र पैसा खर्च गरेको हुन्छ । यस्ता लापरवाहीले खेलाडी तथा क्लबले बेहोर्नु परेको क्षतीको भरपाइ कसले गर्छ ?,’ सरस्वतीका अध्यक्ष भण्डारीले भने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो