वैशाख ४, २०८२ बिहीबार | १२:१५:२३
गणेश थापाको प्रतिबन्ध फुकुवा धनगढीसँग बराबरी खेले पनि चितवन प्लेअफमा पुग्ने सुपर ओभरमा दिल्लीको जित न्युक्यासल तेस्रो स्थानमा उक्लियो बायर्नलाई हराउँदै इन्टर सेमिफाइनलमा आर्सनलसँग पराजित रियाल मड्रिड क्वार्टरफाइनलबाट बाहिरियो दिल्लीले दियो राजस्थानलाई १८९ रनको लक्ष्य लुम्बिनी कपको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट जगदीश भट्टलाई उप-निर्देशकको जिम्मेवारी ललितपुर र झापाले अंक बाँडे गणेश थापाको प्रतिबन्ध फुकुवा धनगढीसँग बराबरी खेले पनि चितवन प्लेअफमा पुग्ने सुपर ओभरमा दिल्लीको जित न्युक्यासल तेस्रो स्थानमा उक्लियो बायर्नलाई हराउँदै इन्टर सेमिफाइनलमा आर्सनलसँग पराजित रियाल मड्रिड क्वार्टरफाइनलबाट बाहिरियो दिल्लीले दियो राजस्थानलाई १८९ रनको लक्ष्य लुम्बिनी कपको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट जगदीश भट्टलाई उप-निर्देशकको जिम्मेवारी ललितपुर र झापाले अंक बाँडे

काठमाडौंको पहिलो जित, बुटवलको प्ले अफ सम्भावना कमजोर

गोलको खुसीयाली मनाउँदै काठमाडौंका खेलाडी, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । अमाडाेउ डिओपले अन्तिम समयमा गरेको गोलले काठमाडौं रेजर्सले नेपाल सुपर लिगमा बुटबल लुम्बिनी एफसीविरुद्ध १-० को कठिन जित निकालेको छ ।

पहिलो जितसँगै चार खेलमा पाँच अंक जोडेको काठमाडौं तेस्रो स्थानमा उक्लिएको छ । पराजित बुटवल समान खेलबाट एक अंकका साथ पुछारमा छ । यससँगै बुटवलको प्ले अफ सम्भावना कमजोर भएकाे छ । 

खेलको दोस्रो मिनेटमा बुया टुरेको प्रहारलाई बुटवलका गोलपिकर दीप कार्कीले बचाए । छैटौ मिनेटमा मनीष डाँगीको प्रहार पोलमा लागेर फर्किदा बुटवलले अग्रता लिने अवसर गुमायो ।

गोलकिपर दीप १२औं मिनेटमा बाधक बन्दा काठमाडौंले अग्रता लिन सकेन अमाडोउ डियोपले वन भर्सेस वनको स्थितिमा गरेको प्रहारलाई दीपले अघि बढेर विफल पारेका थिए । सोहि रिबाउन्डमा बनेको अवसरमा रोहन कार्कीको प्रहारलाई पनि दीपले गोललाइन क्रस हुन दिएनन् ।

काठमाडौं (सेतो जर्सी) र बुटवल प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/ खेलाडी । 

काठमाडौंका गोलपिकर अभिषेक बरालले ३८औं मिनेटमा केन्ता हाराको प्रहारलाई बचाए । पहिलो हाफको इन्जुरी समयमा टुरेको प्रहारलाई दीपले डाइभ गर्दै बचाए ।

डियोपले ५३औं मिनेटमा पेनाल्टी बक्स गरेको प्रहार क्रसबारमा लागरे बाहिरिदा बुटवलको संकट टर्यो ।

रक्षक सुमन श्रेष्ठले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ७१औं मिनेटमा बुटवल १० खेलाडीमा समेटियो ।  काठमाडौंका अलिजोन अलिजोनोभलाई मुक्का प्रहार गरेपछि फिफा रेफ्री प्रज्वल क्षेत्रीले सुमनलाई सीधै रातो कार्ड देखाएका थिए ।

डिओपले ८९औं मिनेटमा गोल गरे । भिन्सेन्ट कोजिइल्लोसँग तालमेल मिलाउँदै बक्स लाइनन जिकबाट उनको प्रहारलाई बुटवलका गोलकिपर दीपले बचाउन सकेनन् ।

गोलको खुसीयाली मनाउँदै काठमाडौंका खेलाडी, तस्विरः सरोज सापकोटा/खेलाडी । 

भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders