वैशाख ४, २०८२ बिहीबार | १०:२७:४७
गणेश थापाको प्रतिबन्ध फुकुवा धनगढीसँग बराबरी खेले पनि चितवन प्लेअफमा पुग्ने सुपर ओभरमा दिल्लीको जित न्युक्यासल तेस्रो स्थानमा उक्लियो बायर्नलाई हराउँदै इन्टर सेमिफाइनलमा आर्सनलसँग पराजित रियाल मड्रिड क्वार्टरफाइनलबाट बाहिरियो दिल्लीले दियो राजस्थानलाई १८९ रनको लक्ष्य लुम्बिनी कपको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट जगदीश भट्टलाई उप-निर्देशकको जिम्मेवारी ललितपुर र झापाले अंक बाँडे गणेश थापाको प्रतिबन्ध फुकुवा धनगढीसँग बराबरी खेले पनि चितवन प्लेअफमा पुग्ने सुपर ओभरमा दिल्लीको जित न्युक्यासल तेस्रो स्थानमा उक्लियो बायर्नलाई हराउँदै इन्टर सेमिफाइनलमा आर्सनलसँग पराजित रियाल मड्रिड क्वार्टरफाइनलबाट बाहिरियो दिल्लीले दियो राजस्थानलाई १८९ रनको लक्ष्य लुम्बिनी कपको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट जगदीश भट्टलाई उप-निर्देशकको जिम्मेवारी ललितपुर र झापाले अंक बाँडे

न्युक्यासलको सहज जित, दबाबमा लेष्टर

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासलले सहज जित निकालेको छ ।

सोमबार राति भएको खेलमा न्युक्यासलले घरेलु टोली लेष्टर सिटीलाई ३–० ले हरायो । न्युक्यासलले घरेलु टोलीलाई पहिलो हाफमै तीन गोल गरेर दबाबमा राखेको थियो ।

जितपछि न्युक्यासलले युरोपियन च्याम्पियन्स लिगको छनोट सम्भावना कायम राखेको छ । टोली प्रिमियर लिगमा ३० खेलबाट ५३ अंकसहित पाँचौं स्थानमा छ । प्रिमियर लिगको शीर्ष चारमा रहने टोली सिधै च्याम्पियन्स लिगमा छनोट हुनेछन् ।

पराजित लेष्टरलाई भने रेलिगेशनको डर झनै बढेको छ । ३१ खेलबाट १७ अंकसहित १९औं स्थानमा छ । यसपटक लेष्टरसँगै साथह्याम्पटन र इपस्विच टावन रेलिगेशन क्षेत्रमा छन् । यता, ३१ खेलबाट ७३ अंकसहित लिभरपुल च्याम्पियन हुने बाटोमा छ ।

लेष्टरको किङ पावर मैदानमा न्युक्यासललाई जित दिलाउन ज्याकोप मुर्फीले खेलको दोस्रो र ११औं मिनेटमा गरी दुई गोल गरे । हार्भे बार्नसले ३४औं मिनेटमा तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । 
 


भिडियो
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders