माघ १६, २०८२ शुक्रबार | ००:०७:४३
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

एन्फा कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ ।

एन्फा महासचिव किरण राईले आइतबार कार्यसमिति सदस्यलाई पत्र लेख्दै बैठकमा उपस्थित हुन अनुरोध गरेका छन् ।

दिउँसो ३ बजे एन्फा मुख्यालयमा बोलाइएको बैठकमा विभिन्न १६ एजेन्डा समावेश छन् ।

बैठकमा वार्षिक कार्यक्रम तथा बजेट, लेखा परिक्षक प्रतिवेदन, लेखा परिक्षकको नियुक्ति, महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी, सिस्नेरी घटना, घटनाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालनलगायतका विषयमा छलफल हुनेछ ।

पछिल्लो पटक एन्फा कार्यसमिति बैठक गत भदौमा बसेको थियो । तर, पंकज विक्रम नेम्वाङ नेतृत्वमा आएपछि कुनै पनि बैठक सौहार्दपूर्ण हुन सकेका छैनन् । अधिकांश पदाधिकारी नेतृत्वसँग सन्तुष्ट छैनन् ।

यो बैठक समेत विवादरहित हुन नसक्ने बुझिन्छ । गत १० माघमै आठ केन्द्रिय कार्यसमिति सदस्यले हस्ताक्षर गर्दै बैठक बोलाउन आह्वान गरेका थिए । तर, नेतृत्वले ४० दिनपछि मात्रै बैठक बोलाएको छ ।

एजेन्डा पनि विधानअनुसार सात दिनअघि नै कार्यसमितिका सदस्यले उपलब्ध गराउनु पर्नेमा २४ घण्टाअघि मात्रै उपलब्ध गरिएको थियो ।

त्यस्तै, सहिद स्मारक ‘ए’ डिभिजन लिग र महासचिवको पारिश्रमिक एजेन्डामै समावेश नगर्दा अधिकांश पदाधिकारीले असन्तुष्टि जनाएका छन् ।

यस्ता छन् बैठकका एजेन्डा

१.नियमित साधारण सभा सम्बन्धमा

२. आ.व २०८१÷०८२  वार्षिक कार्यक्रम तथा बजेट बारे  

३.२०८०÷८१ लेखा परीक्षण प्रतिवेदन बारे

४.२०८१÷०८२ को लेखा परीक्षकको नियुक्ति बारे

५.मिडिया मार्केटिङको एजेन्सी नियुक्ती बारे

६.पदपूर्ति समितिले गरेको निर्णय अनुमोदन गर्ने बारे

७. फिफा बजेटबाट सञ्चालन हुने ग्रासरुट कार्यक्रमका लागि खेल सामाग्रीहरु खरिद गर्ने बारे

८. संघको आर्थिक नियमावली तथा आर्थिक कार्यविधिमा भएको त्रुटी सच्चाउने बारे

९. संघलाई वार्षिक प्रतियोगिताहरुमा आवश्यक पर्ने होटलहरुको सूचिकृत बारे

१०.सेलवेज क्यास तथा क्यारी प्रालिको हिसाव फछ्यौट बारे

११. महिला लिग, महिला एकेडेमी, मिसन २०२७–२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी बारे

१२. सिस्नेरी घटना, घटानाको प्रतिवेदन र सिस्नेरी एन्फा एकेडेमी सञ्चालन सम्बन्धमा

१३.एन्फा प्रेसिडेन्ट लिग व्यवस्थापन सम्बन्धमा

१४ खेलाडीलाई घोषणा गरिएको पुरस्कार वितरण सम्बन्धमा

१५.निर्वाचन समिति र निर्वाचन पुनरावेदन समिति बारे

१६. विविध ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।