माघ ९, २०८२ शुक्रबार | १३:२९:०४
पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई

बाँसबारीको पहिलो जित, आरसीटी लगातार दोस्रो खेलमा पराजित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी क्लबले पहिलो जित हासिल गरेको छ ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बाँसबारीले रानीपोखरी कर्नर टिम (आरसीटी)माथि ४–२ को रोमाञ्चक जित हासिल गर्यो ।

जितसँगै बाँसबारी तीन अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । आफ्नो पहिलो खेलमा बाँसबारीले सरस्वती युवा क्लबविरुद्ध २–१ को हार बेहोरेको थियो । आरसीटीको यो लगातार दोस्रो हार हो । आफ्नो पहिलो खेलमा आरसीटीले श्री भगवती क्लबसँग ३–१ ले पराजित भएको थियो । यो नतिजासँगै आरसीटी पुछारमा झरेको छ ।

रोमाञ्चक खेलको पहिलो हाफमा बाँसबारीले दुई गोलको अग्रता लिएको थियो । बाँसबारीका लागि सरोज दर्लामी मगर र बिके राईले गोल गरेका थिए । दोस्रो हाफमा आरसीटीले खेलमा पुनरागमन गर्यो । ५२औं मिनेटमा मन्जिल खड्काले गोल गर्दै आरसीटीको आशालाई जीवितै राखेका थिए । ७४औं मिनेटमा सुदीप लामाले बराबरी गोल फर्काए ।

तर, आरसीटीले चार मिनेटपछि तेस्रो गोल खायो । संगम खाण्ड ठकुरीले पेनाल्टीमार्फत बाँसबारीलाई पुनः अग्रतामा ल्याए । निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा बिकेले व्यक्तिगत दोस्रो गर्दै बाँसबारीको जित सुनिश्चित गरे ।

दिनको पहिलो खेलमा ब्वाइज युनियन क्लब र टुसाल युवा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate