चैत्र १३, २०८२ शुक्रबार | ०१:०९:५५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

चर्च ब्वाइज पहिलो पटक मेचीनगर गोल्डकपको च्याम्पियन

च्याम्पियन चर्च ब्वाइज युनाइटेड, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरविरुद्ध १-० को कठिन जित निकाल्दै चर्च ब्वाइज युनाइटेडले पाँचौं मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ ।

चर्च ब्वाइज पहिलो पटक च्याम्पियन बनेको हो । यस्तै चर्च ब्वाइजले यो वर्ष जितेको चौथो उपाधि हो । यसअघि टोली झापा, फाल्गुनन्द र बागमती गोल्डकपको विजेता बनेको थियो ।

काँकरभिट्टा खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा समीर तामाङले गरेको एकमात्रै गोल चर्च ब्वाइजलाई जित दिलाउन पर्याप्त बन्यो ।

गोलको खुसीयाली मनाउँदै चचृ ब्वाइजका खेलाडी, तस्विरः सरोज सापकोटा/खेलाडी । 

समीरले खेलको ११औं मिनेटमा गोल गरेका थिए । उनले हेमन्त लिम्बुकाे ब्याक पासलाई नियन्त्रणमा लिँदै बल अगाडि बढाएर काँरभिट्टाका रक्षकलाई बिट गर्दै जाली चुमाएका थिए ।

प्रतियोगिताको विजेता चर्च ब्वाइजले १० तथा उपविजेता काँकरभिट्टाले ५ लाख रुपौयाँ प्राप्त गरेका छन्  ।

प्रतियोगिताको पहिलो खेलमा चर्च ब्वाइजले नेपाल सुपर लिग (एनएसलए) टोली झापा एफसीलाई सडन डेथमा ५-४ हराएको थियो । यस्तै टोलीले सेमिफाइनलमा शीर्ष डिभिजन प्रतिद्धन्द्धी मछिन्द्र फुटबल क्लबविरुद्ध ४-३ को पुनरागमन जित निकालेको थियो ।

चर्च ब्वाइज र काँकरभिट्टा प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी । 

काँकरभिट्टाले पहिलो खेलमा भारतीय टोली जर्जियन एफसीलाई ४-२ ले पराजित गरेको थियो ।यस्तै टोलीले सेमिफाइनलमा धरान एफसीलाई सडन डेथमा ५-४ ले हराएको थियो ।

२०७१ सालबाट सुरु भएको प्रतियोगितामा यसअघि विर्तामोड युनाइटेड, झापा-११, विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब च्याम्पियन बनेका थिए । 

चर्च ब्वाइज र काँकरभिट्टा प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी । 

भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो