माघ ५, २०८२ सोमबार | १२:१९:५१
चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने चित्लाङ र प्रभु महालक्ष्मी लाइफ इन्स्युरेन्स प्रालिबीच सम्झौता भारतमा न्युजिल्यान्डले पहिलो पटक जित्यो एकदिवसीय शृंखला बार्सिलोना १२ खेलपछि पराजित सेनेगल च्याम्पियन एन्फा राष्ट्रिय लिगः संकटा, एपिएफ र जावलाखेल विजयी साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र बंगलादेशको जित तेस्रो पक्षको हस्तक्षेप भए नेपाली फुटबल निलम्बनमा पर्नेछः महासचिव राई एन्फा निर्वाचन रोक्न उच्च अदालतको अन्तरिम आदेश नाटकीय बराबरी खेल्दै भारतले नेपालसँग अंक खोस्यो कोशी प्राइड लिग सोमपाल, करण र गुल्शनले खेल्ने

चर्च ब्वाइज पहिलो पटक मेचीनगर गोल्डकपको च्याम्पियन

च्याम्पियन चर्च ब्वाइज युनाइटेड, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरविरुद्ध १-० को कठिन जित निकाल्दै चर्च ब्वाइज युनाइटेडले पाँचौं मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ ।

चर्च ब्वाइज पहिलो पटक च्याम्पियन बनेको हो । यस्तै चर्च ब्वाइजले यो वर्ष जितेको चौथो उपाधि हो । यसअघि टोली झापा, फाल्गुनन्द र बागमती गोल्डकपको विजेता बनेको थियो ।

काँकरभिट्टा खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा समीर तामाङले गरेको एकमात्रै गोल चर्च ब्वाइजलाई जित दिलाउन पर्याप्त बन्यो ।

गोलको खुसीयाली मनाउँदै चचृ ब्वाइजका खेलाडी, तस्विरः सरोज सापकोटा/खेलाडी । 

समीरले खेलको ११औं मिनेटमा गोल गरेका थिए । उनले हेमन्त लिम्बुकाे ब्याक पासलाई नियन्त्रणमा लिँदै बल अगाडि बढाएर काँरभिट्टाका रक्षकलाई बिट गर्दै जाली चुमाएका थिए ।

प्रतियोगिताको विजेता चर्च ब्वाइजले १० तथा उपविजेता काँकरभिट्टाले ५ लाख रुपौयाँ प्राप्त गरेका छन्  ।

प्रतियोगिताको पहिलो खेलमा चर्च ब्वाइजले नेपाल सुपर लिग (एनएसलए) टोली झापा एफसीलाई सडन डेथमा ५-४ हराएको थियो । यस्तै टोलीले सेमिफाइनलमा शीर्ष डिभिजन प्रतिद्धन्द्धी मछिन्द्र फुटबल क्लबविरुद्ध ४-३ को पुनरागमन जित निकालेको थियो ।

चर्च ब्वाइज र काँकरभिट्टा प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी । 

काँकरभिट्टाले पहिलो खेलमा भारतीय टोली जर्जियन एफसीलाई ४-२ ले पराजित गरेको थियो ।यस्तै टोलीले सेमिफाइनलमा धरान एफसीलाई सडन डेथमा ५-४ ले हराएको थियो ।

२०७१ सालबाट सुरु भएको प्रतियोगितामा यसअघि विर्तामोड युनाइटेड, झापा-११, विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब च्याम्पियन बनेका थिए । 

चर्च ब्वाइज र काँकरभिट्टा प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी । 

भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate