फाल्गुन २८, २०८१ बुधबार | २३:३६:०६
थ्री स्टारले जित्याे विराट गोल्डकपको उपाधि आइजिपी कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा जेभियर च्याम्पियन फ्रेन्च खेलाडी भिन्सेन्ट कोजिएलो काठमाडौंमा अनुबन्ध राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिए सरस्वतीको सुखद सुरुआत पूजा महतो ‘ए’ ग्रेडमा बढुवा कुशल भुर्तेल र करण केसी ‘बी ’ ग्रेडमा झरे आयोजक काँकरभिट्टा उपाधि नजिक एनओसी विवाद समाधानतिर, केही दिनमै समस्या टुंगिने थ्री स्टारले जित्याे विराट गोल्डकपको उपाधि आइजिपी कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा जेभियर च्याम्पियन फ्रेन्च खेलाडी भिन्सेन्ट कोजिएलो काठमाडौंमा अनुबन्ध राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिए सरस्वतीको सुखद सुरुआत पूजा महतो ‘ए’ ग्रेडमा बढुवा कुशल भुर्तेल र करण केसी ‘बी ’ ग्रेडमा झरे आयोजक काँकरभिट्टा उपाधि नजिक एनओसी विवाद समाधानतिर, केही दिनमै समस्या टुंगिने

आयोजक काँकरभिट्टा उपाधि नजिक

गोलको खुसीयाली मनाउँदे काँकरभिट्टाका खेलाडी, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । धरान एफसीलाई सडेन डेथमा ५-४ ले पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार काँकरभिट्टा माध्यमिक विधालयको खेल मैदानमा निर्धारित समयमा दुवै टोलीबाट १-१ गोल भएपछि पहिलो सेमिफाइनलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टीमाकाँकरभिट्टाका लागि हेमन्त लिम्बु, दिवस उराउ, निशान लिम्बु, विवेक गुरुङ र फ्याङकलिन टालाले गोल गरे ।  अभिषेक गुरुङको प्रहार भने गोलमा परिण हुन सकेन ।  अभिषेकको प्रहार पोलमा लागेर फर्कियो ।

काँकरभिट्टा ( पहेंलो) र धरान प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा /खेलाडी । 

 धरानका मिलन राई, सविन राई, प्रज्वल थापा, अजय विष्टले गोल गर्दा सुरज जिमी र रोमन लिम्बु भने चुके । सुरजको प्रहार बाहिँदा रोमनको प्रहारलाई काँकरभिट्टाका गोलकिपर विश्वास चौधरीले रोेकेका थिए ।

त्यसअघि खेलको ३ औं मिनेटमा सुरज रसाईलीको गोलमार्फत धरानले अग्रता लिएको थियो । उनले कप्तान मिलन राईको पासलाई वान टचमै पोस्टको दिशा दिए ।

हेमन्त लिम्बुले ६९औं मिनेटमा काँकरभिट्टालाई बराबरीमा ल्याए । उनले विवेक गुरुङको कर्नरलाई हेडमार्फत जाली चुमाए ।

काँकरभिट्टा ( पहेंलो) र धरान प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा /खेलाडी । 

धरानले ८५औं मिनेटमा गोलका दुई अवसरलाई सुदुपयो गर्न सकेन । सविन राईको प्रहार बारमा लागेर फर्किएको थियो । रिबाउन्डमा सुरजको प्रहार पनि बारमै लागेर बाहिरियो ।

अबले काँकरभिट्टाले उपधिका लागि बिहीबार हुने चर्च ब्वाइज युनाइटेड र मछिन्द्र फुटबल क्लबबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

काँकरभिट्टाले भारतको जर्जियन एफसीलाई ४-२ तथा धरानले उज्केकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै सेमिफाइनमा स्थान बनाएका थिए ।

काँकरभिट्टा ( पहेंलो) र धरान प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/ खेलाडी । 

भिडियो
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL
SHREE BHAGAWATI CLUB सँग बढुवा बाहेकको विकल्प छैन TEAM PROFILE I Martyr's Memorial B Division league
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC