माघ १५, २०८२ बिहीबार | १३:५३:४७
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

समीर पोखरा थन्डर्सको मार्की खेलाडी

समीर तामाङ, फाइल तस्विर ।

काठमाडौं । फ्रेन्चाइज टोली पोखरा थण्डर्सले आउँदै गरेको नेपाल सुपर लिग(एनएसएल)को तेस्रो संस्करणका लागि राष्ट्रिय फुटबल टोलीका सदस्य समीर तामाङलाई मार्की खेलाडीका रुपमा प्रस्तुत गरेको छ ।

सोमबार मात्र मिडफिल्डर आयुष घलानलाई कप्तानका रुपमा प्रस्तुत गरेको पोखराले एक दिनको अन्तरालमा मार्की खेलाडीको घोषणा गरेको हो । मंगलबार सामाजिक सञ्जालमार्फत पोखराले समीरलाई प्रस्तुत गर्यो ।

समीरले अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा यही फागुन २५ गते देखि सुरु हुने सहिद स्मारक ‘बी’ डिभिजनमा प्लानिङ ब्वाइज युनाइटेडको प्रतिनिधित्व गर्ने हल्ला चुलिएको थियो ।

व्यावसायिक करिअरको सुरुआती वर्षमा रहेका समीरले अहिलेसम्म शीर्ष डिभिजनको अनुभव लिएका छैनन् । उनी पहिलो पटक एनएसएल खेल्दैछन् ।

साफ यु-२० च्याम्पियनसिप २०२४ को समूह चरणमा बंगलादेशविरुद्ध बल अगाडि बढाउँदै नेपाली फरवार्ड समीर तामाङ, तस्विरः केशव कटवाल/खेलाडी

पछिल्लो समय समीर शीर्ष स्तरको उमेर समूहमा तहल्का मच्चाएका खेलाडी हुन् । एक वर्षअघि घरेलु मैदानमा भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपमा समीरले सर्वाधिक गोलकर्ताको अवार्डसमेत जितेका थिए । यसबाहेक उनले यु-२० र यु-२३ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । उनको नाममा एक अन्तर्राष्ट्रिय क्याप छ ।

पोखरको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ छन् ।

एनएसएलको तेस्रो संस्करणका लागि अक्सन फागुन १० गते हुँदैछ । यसपल्ट धनगढीसहित साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, एफसी  चितवन र बुटवल लुम्बिनी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।  

समीर तामाङ (बायाँ) लाई पत्र हस्तान्तरण गर्दै पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठ । 

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।