फाल्गुन २५, २०८२ सोमबार | १२:०९:२१
भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा

समीर पोखरा थन्डर्सको मार्की खेलाडी

समीर तामाङ, फाइल तस्विर ।

काठमाडौं । फ्रेन्चाइज टोली पोखरा थण्डर्सले आउँदै गरेको नेपाल सुपर लिग(एनएसएल)को तेस्रो संस्करणका लागि राष्ट्रिय फुटबल टोलीका सदस्य समीर तामाङलाई मार्की खेलाडीका रुपमा प्रस्तुत गरेको छ ।

सोमबार मात्र मिडफिल्डर आयुष घलानलाई कप्तानका रुपमा प्रस्तुत गरेको पोखराले एक दिनको अन्तरालमा मार्की खेलाडीको घोषणा गरेको हो । मंगलबार सामाजिक सञ्जालमार्फत पोखराले समीरलाई प्रस्तुत गर्यो ।

समीरले अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा यही फागुन २५ गते देखि सुरु हुने सहिद स्मारक ‘बी’ डिभिजनमा प्लानिङ ब्वाइज युनाइटेडको प्रतिनिधित्व गर्ने हल्ला चुलिएको थियो ।

व्यावसायिक करिअरको सुरुआती वर्षमा रहेका समीरले अहिलेसम्म शीर्ष डिभिजनको अनुभव लिएका छैनन् । उनी पहिलो पटक एनएसएल खेल्दैछन् ।

साफ यु-२० च्याम्पियनसिप २०२४ को समूह चरणमा बंगलादेशविरुद्ध बल अगाडि बढाउँदै नेपाली फरवार्ड समीर तामाङ, तस्विरः केशव कटवाल/खेलाडी

पछिल्लो समय समीर शीर्ष स्तरको उमेर समूहमा तहल्का मच्चाएका खेलाडी हुन् । एक वर्षअघि घरेलु मैदानमा भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपमा समीरले सर्वाधिक गोलकर्ताको अवार्डसमेत जितेका थिए । यसबाहेक उनले यु-२० र यु-२३ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । उनको नाममा एक अन्तर्राष्ट्रिय क्याप छ ।

पोखरको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ छन् ।

एनएसएलको तेस्रो संस्करणका लागि अक्सन फागुन १० गते हुँदैछ । यसपल्ट धनगढीसहित साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, एफसी  चितवन र बुटवल लुम्बिनी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।  

समीर तामाङ (बायाँ) लाई पत्र हस्तान्तरण गर्दै पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठ । 

आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||