चैत्र १६, २०८२ सोमबार | ११:२८:०८
मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक

दुई ह्याट्रिकमा फ्रेन्ड्सको एकतर्फी जित

फाइल तस्विर ।

काठमाडौं । अरुण अधिकारी र शुभराज मोक्तानको ह्याट्रिकीप्रेरित फ्रेन्ड्स क्लबले एन्फा यु-१६ युथ लिगमा बिहीबार एफसी खुमलटारविरुद्ध ९-२ को एकतर्फी जित दर्ता गरेको छ ।

जितसँगै फ्रेन्ड्सले १४ खेलमा २७ अंक भएको छ । पराजित खुमलटारको १३ खेलबाट चार अंक छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा फ्रेन्ड्सलाई जित दिलाउन अरुणले पाँच, शुभराजले तीन र अफ्रोज अलीले एक गोल गरे । खुमलटारका लागि विकाश थापा र सुवास मगरले गोल फर्काए ।

खेलको दोस्रो मिनेटमै अरुणको गोलमार्फ फ्रेन्ड्सले अग्रता लिएको थियो । १२ मिनेटपछि शुभराजले टोलीको अग्रता दोब्बर बनाए ।

अरुणले १६औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । २४औं मिनेटमा अफ्रोजले गोल गर्दा फ्रेन्ड्स ४-० को अग्रता बनायो ।

पहिलो हाफको इन्जुरी समयमा अरुणले ह्याट्रिक गरे । ६६ र ७६औं मिनेटमा गोल गर्दै शुभराजले पनि ह्याट्रिक गरे । अरुणले ८० र ८२औं मिनेटमा गोल गरेपछि फ्रेन्ड्सको अग्रता ९-० मा पुग्यो । 

विकाशले ८६औं मिनेटमा खुमलटारका लागि गोल फर्काए । खेलको इन्जुरी समयमा सुवासले पेनाल्टीमार्फत खुमलटारका लागि दोस्रो गोल गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो