काठमाडौं । बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगअन्तर्गत प्ले अफको पहिलो लेगमा बुधबार सेल्टिकविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
सेल्टिक पार्कमा बायर्नलाई जित दिलाउन माइकल ओलिस र ह्यारी केनले गोल गरे । सेल्टिकका लागि डेजन माएडाले गोल फर्काए ।
खेलको ४४औं मिनेटमा ओलिसको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । दोस्रो हाफको सुरुआतमै केनले टोलीको अग्रता दोब्बर बनाए ।
माएडाले ७९औं मिनेटमा गोल गर्दै सेल्टिकलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
अब दोस्रो लेग बायर्नको घरेलु मैदान एलियान्ज एरिनामा हुनेछ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
