माघ २, २०८२ शुक्रबार | १९:४४:२४
सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाल आइपुगिन् अञ्जिला

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अञ्जिला, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । अर्को सातादेखि सुरु हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली टोलीकी कप्तान र गोलकिपर अञ्जिला तुम्बापो सुब्बा बुधबार नेपाल आइपुगेकी छन् ।

व्यवसायीक फुटबल खेल्नका लागि ग्रिस पुगेकी अञ्जिला एयर अरेबियाको फ्लाइटबाट दिउँसो काठमाडौं आइपुगेकी हुन् । उनलाई अखिल नेपाल फुटबल संघ ( एन्फा) का प्रवक्ता सुरेश शाह, राष्ट्रिय महिला टोलकी फिजियो नविना श्रेष्ठ बैधलगातयतले स्वागत गरे ।

अञ्जिला निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन खेलिरहेकी छन् । अञ्जिलाले अट्रोमिटौका लागि तीन खेलमा मौका पाएकी छन् । त्यसमा समान एक जित, हार र बराबरीको नतिजा निस्किएको छ ।

अट्रोमिटौ १३ खेलबाट १३ अंकका साथ लिगको आठौं स्थानमा छ ।

 अञ्जिलालाई स्वागत गरिदै तस्विरः सरोज सापकोटा/खेलाडी ।

एएफसी एसियन कप र फिफा विश्वकपलाई लक्षित गरेर आयोजना गरिएको यो प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत फागुन ५ देखि १४ सम्म सञ्चालन हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै कीर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहनेछ ।

नेपालले फागुन ५ मा किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले फागुन ८ मा लेबनान र ११ मा म्यानमारको सामना गर्नेछ । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate