चैत्र १८, २०८२ बुधबार | १२:४१:४९
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

मछिन्द्रको एकतर्फी जितमा हिमाल थिङको ह्याट्रिक

फाइल तस्विर ।

काठमाडौं । हिमाल थिङको उत्कृष्ट प्रदर्शनप्रेरित माछिन्द्र फुटबल क्लबले एन्फा यु-१६ युथ लिगमा मंगलबार विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध १०-० को एकतर्फी जित निकालेको छ ।

जितसँगै मछिन्द्रले  १० खेलमा १३ अंक जोडेको छ। आर्मी जितविहिन छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन हिमालले ह्याट्रिक गरे । यसैगरी राहुलकुमार योञ्जनले दुई, प्रज्ञान राई, उपेन्द्र बोहरा, सोहन थापा र सौगताकुमार बम्जनले समान एक गोल थपे । एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।

खेलको पहिलो मिनेटमै हिमालको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । २६औं मिनेटमा प्रज्ञानले टोलीको अग्रता दोब्बर बनाए ।

हिमालले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।  सात मिनेटपछि उपेन्द्रले गोल गर्दा मछिन्द्रको अग्रता ४-० मा पुग्यो ।

हिमालले ३८औं मिनेटमा ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्जुरी समयमा राहुलले गोल गर्दै मछिन्द्रलाई ६-० ले अगाडि बढाए ।

सोहनले ६१औं मिनेटमा टोलीका लागि सातौं गोल गरे । चार मिनेटपछि नै सौगातले गोल गर्दा मछिन्द्रले ८-० को फराकिलो अग्रता लियो ।

निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा युगल भण्डारीबाट आत्मघाती गोल हुन पुग्दा मछिन्द्रले ९-० को अग्रता लियो । खेलको इन्जुरी समयमा राहुलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई १०-० को एकतर्फी जित दिलाए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो