काठमाडौं । नेपाली युवा टोलीका मुख्य प्रशिक्षक राजेश शाहीले मैत्रीपूर्ण खेलका लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षण प्रशिक्षणमा बोलाएका छन् ।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फेब्रुअरी १५ मा चीनको युनान युथ फुटबल टिमविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपालस्थित चिनियाँ दूतावासबीचको सहयोगमा यो खेल हुन लागेको हो ।
एन्फाले आवश्यक सबै प्राविधिक सहयोग प्रदान गर्नेछ । यसैगरी युनान खेलकुद ब्युरो र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दूतावाससँगको सहकार्यमा सहयोग गर्नेछन् ।
बन्द प्रशिक्षण्मा बोलाइएका खेलाडी:
जियारथ शेख, निराजन धामी, कृष्णबहादुर आले, आयुष तिमिल्सिना, अश्विन घोरासैनी, विक्रम तामाङ, अमित टमटा, कृशल मोक्तान, विशाल केसी, रुबेन बोगटी, निर्मल बल, राम थापा, सविन घिमिरे, सिमन्त थापा, दिपक थापामगर, अविनाश स्याङ्तान, लछ्छु थापा, सरोज दर्लामी, प्रशान्त लक्क्षम, अनिल भोम्जम, धनसिंह विके, धर्मेन्द्र कुँवर, निम वाङ्गेल तामाङ, निरोज कार्की, समीर तामाङ, गौरव महर्जन, निनसाङ लिम्बुजंग प्रकाश बम, युनिश बुढाथोकी, सोहन स्याङ्तान, सन्तोष गोङबा, विज्ञान खड्का, सुजन डंगोल, निशानराज लावती, विजय उराव, रोमन श्रेष्ठ, सविनकुमार लुंगेली, विक्रम गौतम, प्रशान्त मोक्तान, रोशन तामाङ, सिर्जन दानी, रोहन खड्गी, नीरज चौधरी, मिराक लिङ्देन, माइकल थापा