काठमाडौं । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्दै नेपाल पुलिस क्लब टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला/ पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा पुगेको छ ।
पोखरा रंशगालास्थित भलिबल कोर्टमा शुक्रबार पहिलो क्वालिफायरको पहिलो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२-२५ ले गुमाएको थियो ।
तेस्रो सेटमा पुलिस २५-२२ ले विजयी हुँदा चौथो सेट आर्मीले २५-२३ ले आफ्नो पक्षमा पर्दै खेललाई लम्बाएको थियो ।
पाँचौं तथा निर्णायक सेटमा १५-१२ ले विजयी हुँदै पुलिस उपाधि नजिक पुग्यो ।
पराजित आर्मीले दोस्रो क्वालिफायरमा गण्डकी प्रदेश भलिबल संघ र भारतको सुनिल कुमार भलिबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
