चैत्र ६, २०८२ शुक्रबार | ०१:१९:३४
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एन्फा कार्यसमिति बैठक बोलाउन सात सदस्यको माग

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का सात सदस्यले विभिन्न आठ एजेन्डामाथि छलफल गर्न कार्यसमिति बैठक बोलाउनका लागि सामूहिक माग गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र दुई उपाध्यक्ष विराटजंग शाही तथा दीर्घबहादुर केसीसहितले कार्यसमिति बैठक बोलाउन माग गर्दै महासचिव किरण राईलाई इमेलमार्फत पत्र बुझाएका छन् ।  

कार्यसमिति बैठक माग गर्दै पत्राचार गर्नेमा वरिष्ठ उपाध्यक्ष खड्का र उपाध्यक्षद्धय शाही र केसीसँगै सदस्यहरू रुपेश अधिकारी, रमेश व्यञ्जनकार, रविन्द्र चन्द र पेमा डोल्मा लामा छन् ।

विधानको धारा ३९ को व्यवस्थाअनुसार, प्रत्येक वर्षमा ४ पटक अनिवार्य रुपमा कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान रहे पनि लामो समयदेखि बैठक बस्न नसकी कार्य सञ्चालनमा मनोमानी र विधान विपरितका क्रियाकलाप भइरहेको कारण बैठक बोलाउनुपरेको उनीहरुको जिकिर छ ।

नियमित रुपमा बैठक नबसी नेतृत्व र सचिवालयले मनोमानी तरिकाबाट संघ चलाउँदा कार्यसमितिको अधिकार हनन हुनुका साथै संगठनको अनुशासन र प्रभावकारीतामा गम्भीर असर पुर्याएको उनीहरुले बताएका छन् ।

उनीहरूले एन्फा विधानको धारा ३९ को उपधारा (२) बमोजिम कार्यसमितिको बैठक आव्हान गर्न माग गरेका हुन् ।

विधानको धारा ३९ को उपधारा २ अनुसार यसरी कार्यसमितिका एकतिहाई सदस्यले बैठक बोलाउन अनुरोध गरेपछि अध्यक्षले २१ दिनभित्र बैठक बोलाउनुपर्ने वैधानिक प्रावधान छ । यदी अध्यक्षले २१ दिनभित्र बैठक नबोलाए कार्यसमितिका अन्य सदस्यहरुले बैठक बोलाउन पाउने छन् ।

उनीहरुले निम्नलिखित एन्जेन्डमा छलफल हुनुपर्ने माग गरेका छन्ः

१. सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाको लागि एन्फको पत्राचार र तदर्थ कर्णाली प्रदेश फुटबल संघ सम्बन्धमा

२. महिला लिग, महिला एकेडेमी, मिसन २०२७/२०३१ महिला फुटबल विकास रणनीति तथा जिम्मेवारी सम्बन्धमा

३. सिस्नेरी घटना, घटानाको प्रतिवेदन र सिस्नेरी एन्फा एकाडेमी संचालन सम्बन्धमा

४. सहिद स्मारक ‘ए’ डिभिजन लिग संचालन सम्बन्धमा

५.खेलाडीलाई घोषणा गरीएको पुरस्कार वितरण सम्बन्धमा

६. आन्तरिक लेखा परीक्षण प्रतिवेदन र अडिट रिपोर्ट सम्बन्धमा

७. सहिद स्मारक ‘बी’ डिभिजन लिग र एन्फा प्रेसिडेन्ट लिग व्यवस्थापन सम्बन्धमा

८. एन्फा महासचिव लगायत सचिवालय कर्मचारीको कार्यक्षमता मुल्याङकन तथा तलब भत्ता सेवा सुविधाहरुको पुनर्मुल्याङकन सम्बन्धमा ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो