काठमाडौं । फ्रेन्ड्स क्लबले एन्फा यु-१६ युग लिगमा आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ४-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै फ्रेन्ड्सले ६ खेलमा १० अंक जोडेको छ । ६ वटै खेलमा पराजित आर्मी अंकविहिन छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुखयालय मैदानमा फ्रेन्ड्सलाई जित दिलाउन रोशन बुर्जामगर, क्रिस कटुवाल, अरुण अधिकारी र एकराज सुनारले गोल गरे ।
खेलको २४औं मिनेटमा रोशनको गोलमार्फत फ्रेन्ड्सले अग्रता लिएको थियो । तीन मिनेटपछि क्रिसले टोलीको अग्रता दोब्बर बनाए ।
अरुणले २८औं मिनेटमा गोल गर्दा फ्रेन्ड्सको अग्रता ३-० मा पुग्यो । ७२औं मिनेटमा एकराजले गोल गर्दै फ्रेन्ड्सलाई सहज जित दिलाए ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
