काठमाडौं । फ्रेन्ड्स क्लबले एन्फा यु-१६ युग लिगमा आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ४-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै फ्रेन्ड्सले ६ खेलमा १० अंक जोडेको छ । ६ वटै खेलमा पराजित आर्मी अंकविहिन छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुखयालय मैदानमा फ्रेन्ड्सलाई जित दिलाउन रोशन बुर्जामगर, क्रिस कटुवाल, अरुण अधिकारी र एकराज सुनारले गोल गरे ।
खेलको २४औं मिनेटमा रोशनको गोलमार्फत फ्रेन्ड्सले अग्रता लिएको थियो । तीन मिनेटपछि क्रिसले टोलीको अग्रता दोब्बर बनाए ।
अरुणले २८औं मिनेटमा गोल गर्दा फ्रेन्ड्सको अग्रता ३-० मा पुग्यो । ७२औं मिनेटमा एकराजले गोल गर्दै फ्रेन्ड्सलाई सहज जित दिलाए ।
भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH