चैत्र १३, २०८२ शुक्रबार | ११:२९:४३
हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल

लगातार तेस्रो जितसँगै महावीर सेमिफाइनलमा

काठमाडौं । लगातार तेस्रो जितसँगै महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

मंगलबार मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा महावीरले समूह चरणको आफ्नो अन्तिम खेलमा पुष्पलाल स्पोर्टस क्लबविरुद्ध १२९ रनको फराकिलो जित दर्ता गर्यो ।

जितसँगै ३ खेलमा ६ अंक जोडेको महावीर समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ । तीनै खेलमा पराजित पुष्पलाल अंकविहिन रह्यो ।

महावीरले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याएको पुष्पलाल १७.५ ओभरमा ८० रनमै समेटियो । पुष्पलालका लागि दीपक भण्डारीले ३४ र विकी मण्डलले १३ रनको योगदान गरे ।

महावीरका लागि प्रतिश जिसी, विराट बस्नेत र सगुन चन्दले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको महावीरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०९ रनको योगफल तयार पारेको थियो ।

महावीरका लागि राजेश कर्णले ४४ बलमा सार्वधिक ८० रनको योगदान गरे । यसैगरी सोनु देवकोटाले ४४ र रिजन थापाले ४१ रन बनाए ।

पुष्पलालका लागि राम रोकाया, ओमप्रकाश डाँगी र विकाश आचार्यले समान एक विकेट लिए ।

मंगलबारै सम्पन्न अर्को खेलमा थर्ड आइ युथ क्लबले ओएसिस क्रिकेट एकेडेमीविरुद्ध चार रनको जित निकाल्यो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो