असार ८, २०८२ आइतबार | १८:२८:३०
पाकिस्तानमा रेस्लर भगवतीलाई उपाधि मनास्लु र वारियर्स च्याम्पियन क्यानडाले आगामी वर्ष हुने ट्वान्टी-२० विश्वकप खेल्ने नेपालको विजयी सुरुआत, विपिन र प्रसिद्धको उत्कृष्ट प्रदर्शन ग्रेस महर्जनलाई उपाधि एमबाप्पेले पाचुकाविरुद्धको खेल पनि गुमाउने फ्लुमिनेन्स विजयी इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि पाकिस्तानमा रेस्लर भगवतीलाई उपाधि मनास्लु र वारियर्स च्याम्पियन क्यानडाले आगामी वर्ष हुने ट्वान्टी-२० विश्वकप खेल्ने नेपालको विजयी सुरुआत, विपिन र प्रसिद्धको उत्कृष्ट प्रदर्शन ग्रेस महर्जनलाई उपाधि एमबाप्पेले पाचुकाविरुद्धको खेल पनि गुमाउने फ्लुमिनेन्स विजयी इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि

चन्द्राको सानदार प्रदर्शनमा आर्मी क्वालिफायर-१ मा, वालिङ बाहिरियो

फाइल तस्विर

काठमाडौं । स्ट्राइकर चन्द्रा भण्डारीको सानदार प्रदर्शनप्रेरित विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा वालिङ नगरपालिकालाई ६-१ ले पराजित गरेको छ ।

जितसँगै आर्मीले क्वालिफायर-१ मा आफ्नो स्थान सुरक्षित गरेको छ । आर्मीले सात खेलमा १६ अंक जोड्दै क्वालिफायर-१ मा एपिएफसँगको भेट पक्का गरेको हो । यो हारले वालिङको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । जितविहिन वालिङ पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

सुपर स्टेजको अन्तिम खेलमा आर्मीले एपिएफसँग खेल्न बाँकी छ । त्यस्तै वालिङले बागमतीसँग खेल्न बाँकी छ । यी दुवै खेलले अंक तालिकामा कुनै पनि असर पार्ने छैन ।

आइतबार अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालय मैदानमा आर्मीका लागि चन्द्रा एक्लैले पाँच गोल गरिन् । त्यस्तै विमला चौधरीको नाममा एक गोल रह्यो । वालिङकी मिना देउवाको गोल सान्त्वना बन्न पुग्यो ।

खेलको १४औं मिनेटमा चन्द्राको गोलमार्फत आर्मीले अग्रता लिएको थियो । तर त्यो अग्रता लामो समयसम्म टिक्न भने सकेन ।

तीन मिनेटपछि नै मिनाले  वालिङका लागि बराबरी गोल गरिन् । २३औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मी २-१ ले अगाडि बढ्यो ।

चन्द्राले ५३औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । ९ मिनेटपछि विमलाले गोल गर्दा आर्मी अग्रता ४-१ मा पुग्यो ।

चन्द्राले ६७ र ७३औं मिनेटमा गोल थप्दै आर्मीलाई सनदार जित दिलाइन् । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team