चैत्र ८, २०८२ आइतबार | १५:४२:५६
हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि

सहज जित निकाल्दै रियाल क्वार्टरफाइनलमा

सेल्टा भिगोविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै रियालका खेलाडी ।

काठमाडौं । सेल्टा भिगोलाई अतिरिक्त समयमा ५-२ ले पराजित गर्दै रियाल मड्रिडले को क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

बिहीबार रियालको घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा दुवै टोलीले  निर्धारित समयमा २-२ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

रियालका लागि एन्ड्रिकले दुई तथा किलियन एमबाप्पे, भिनिसियस जुनियर र फेडेरिको भाल्भर्डेले समान एक गोल गरे । सेल्टा भिगोेका लागि जोनाथन बम्बा र मार्कस अलन्सोले गोल गरे ।

खेलको ३७औं मिनेटमा एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको थियो । ४८औं मिनेटमा भिनिसियसले टोलीको अग्रता दोब्बर बनाए ।

सेल्टा भिगोविरुद्ध गोल गरेपछि भिनिसियस जुनियर ।

बम्बाले ८३औं मिनेटमा सेल्टाका लागि एक गोल फर्काए । इन्जुरी सायमा अलन्सोले पेनाल्टीमार्फत गोल गर्दै सेल्टालाई २-२ को बराबरीमा ल्याए ।

एन्ड्रिकले १०८औं मिनेटमा गोल गर्दै रियाललाई ३-२ ले अगाडि बढाए । ११२औं मिनेटमा भाल्भर्डेले टोलीका लागि चौथो गोल गरे ।

खेल सकिन एक मिनेट बाँकी रहँदा एन्ड्रिकले व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई  सहज जित दिलाए ।

बिहीबारै सम्पन्न अन्य खेलमा रियाल सोसिडाडले रायो भायकोनोविरुद्ध ३-१ र ओसुनाले एथलेटिक्स क्लब बिल्बाओविरुद्ध ३-२ को जित निकाल्दै क्वार्टरफाइनलको यात्रा तय गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो