चैत्र १४, २०८२ शनिबार | ००:५१:१३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

संकटासँगको बराबरीले मच्छिन्द्रलाई धक्का

काठमाडौं । संकटा क्लबँग अंक बाँडेपछि मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा अग्रता फराकिलो पार्ने अवसर गुमाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न दोस्रो खेलमा मच्छिन्द्रले संकटासँग गोलरहित बराबरीमा रोकिएको हो ।

संकटासँगको बराबरीले लिगको सातौ चरणको समाप्ती सम्म शीर्ष स्थानमा बस्दै नेपालको लिग च्याम्पियनको हैसियतमा एएफसी कप छनोट खेल्ने मच्छिन्द्रको लक्ष्यमा भने धक्का लागेको छ ।

मच्छिन्द्रले छैटौं चरणमा आगामी साता मनाङको सामना गर्नेछ ।

मच्छिन्द्र पाँच खेलमा ११ अंकसहित शीर्ष स्थानमा छ, जुन एक खेल कम खेलेको मनाङ मस्र्याङदी क्लब भन्दा एक अंक मात्र बढी हो । समान पाँच खेलमा समान नौ अंकसहित आर्मी र संकटा तेस्रो र चौथो स्थानमा छन् । आठ अंक बटुलको सातदोबाटो पाँचौ स्थानमा छ ।

दोस्रो स्थानमा रहेको मनाङले शनिबार घरेलु मैदानको रुपमा रहेको पोखरा रंगशालामा नेपाल पुलिस क्लबको सामना गर्दैछ ।

यसअघि शुक्रबार सम्पन्न पहिलो खेलमा आर्मी पनि सातदोबाटो युथ क्लबसँग १-१ को बराबरीमा रोकिएको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो