चैत्र ९, २०८२ सोमबार | ०६:१२:३९
साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध

बागमतीलाई फुटबल खेल्न पाउनु नै ठूलो कुरा, आर्मीलाई धेरै प्रशिक्षण गर्दा मोनोटोनस

आर्मी र बागमती प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण अर्थात सुपर लिग  बिहीबारबाट सुरु भएको छ । पहिलो चरणमा दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले छैटौं स्थानमा रहेर सुपर लिगको यात्रा गरेको बागमती युवा क्लबमाथि २-० को विजयी हासिल गर्यो । दुवै गोल विंगर विमला चौधरीले गरेकी थिइन् ।

सुपर लिगमा पाँच टोलीले एकअर्कासँग दुई पटक प्रतिस्पर्धा गर्दैछन् । शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाउनेछन् । यी पाँच टोली पहिलो चरणमा शीर्ष पाँच भित्र अटाएका कारण सुपर लिगमा छनोट भएका हुन् । बागमतीलाई भने भाग्यले साथ दिएको हो । पाँचौं स्थानमा रहेको कोशी प्रदेशले आर्थिक कारण देखाउँदै नाम फिर्ता लिएपछि बागमतीले अवसर पाएको हो ।

‘हामी भाग्यशाली रह्यौं । खेलाडीका लागि खेल्न पाउनु नै ठूलो कुरा हो । खासमा हाम्रो अवस्था पनि कोशीकै जस्तो थियो । आर्थिक अभावका कारण हामी नखेल्ने अवस्थामै पुगेका थियौं । तर, हाम्रो मेयरले लिगका लागि आर्थिक सहयोग गर्नुभयो । उहाँकै जोडबलले खेल्न तयार भएका हौं,’आर्मीविरुद्धको हारपछि सहायक प्रशिक्षक सोनाम लामाले भने, ‘हामीले लिगका लागि भनेर १५ दिनको अभ्यास गर्यौँ । जुन पर्याप्त थिएन । खेल हारे पनि खेलाडीको प्रशिक्षणलाई लिएर खुसी छु ।’

आर्मीविरुद्ध बागमतीको एउटै मात्र काम रह्यो । त्यो थियो, सकेसम्म विपक्षी आक्रमण रोक्ने अनि कम गोल खाने । जसमा बागमती सफल भयो । पहिलो हाफमा एक गोल खाएको बागमतीले दोस्रो हाफमा पनि आर्मीलाई एक गोलबाहेक गर्न दिएन ।

बागमतीका सहायक प्रशिक्षक सोनाम लामा ।

‘आर्मी हामीभन्दा बलियो टोली हो । कम गोल खाने भन्ने थियो । हाम्रो लक्ष्य भनेको शीर्ष चार हो । त्यसैले विभागीय टोलीहरुसँग कम गोल खाने अनि वालिङ नगरपालिकालाई हराउने सोच लिएर अघि बढिरहेका छौं,’ लामा भन्छन्, ‘विपक्षी टोलीका खेलाडी शारीरिक र मानसिक रुपमा बलिया हुन्छन् । यही कारण हाम्रा खेलाडी घाइते पनि हुन पुगे ।’

आर्मीको एकपछि अर्को आक्रमणलाई रोकिरहेको बागमतीले निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा आफ्नो कप्तानलाई गुमाएको थियो । बक्स नजिकै आर्मीका कप्तान पुनम जर्घामगरसँग ठोक्किएपछि बागमतीका रक्षक तथा कप्तान दीव्या यस्मालीमगर मैदान छाड्न बाध्य भएकी थिइन् । उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो । दीव्या शनिबार हुने एपिएफविरुद्धको खेलका लागि फिट रहने अपेक्षा गरिएको छ ।

आर्मीका लागि आर्मब्याण्ड लगाएकी पुनम दुई वर्षपछि मैदान फर्किएकी हुन् । २०२२ को दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेकी पुनमले बंगलादेशविरुद्धको फाइनल खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएकी थिइन् । पछिल्लो समय चोटबाट संघर्षरत पुनम एक वर्ष शान्ति मिसनका लागि दक्षिण सुडान गएकी थिइन् । त्यसैले उनी दुई वर्ष मैदान बाहिर रहेकी हुन् । बिहीबार सेन्ट्रल मिडफिल्डरमा देखिएकी पुनमले राम्रो पुनरागमन गरेकी छन् ।

‘मलाई लाग्छ पुनमले चाँडै नै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइन् । उनले अझै केही वर्ष राष्ट्रलाई सेवा गर्न सक्थिन्,’ आर्मीका मुख्य प्रशिक्षक कृष्णसिंह ठगुन्नाले भने,‘आज पहिलो खेलमै पुनमले आफूलाई प्रमाणित गरेकी छन् । डिफेन्सिभ मिडफिल्डर पुनमको मनपर्ने पोजिसन हो । तर, सेन्ट्रल मिडफिल्डको भूमिका पनि पुनमले बखुबी निभाइन् ।’

जहाँ बागमती आधि महिना प्रशिक्षण गरेर काठमाडौं आएको थियो । आर्मीले भने पर्याप्त प्रशिक्षण समय पायो । ठगुन्ना मैत्रीपूर्ण खेल खेल्न नपाउँदा टोलीले बागमतीविरुद्ध सोचे अनुरुप खेल्न नसकेको प्रतिक्रिया दिन्छन् ।

आर्मीका मुख्य प्रशिक्षक कृष्णसिंह ठगुन्ना ।

‘विभागीय टोलीमा प्रशिक्षण पर्याप्त हुन्छ । हामीले दैनिक चार घण्टा अभ्यासमा बितायौं । तर, खेल खेल्न भने पाएनौं । जसले गर्दा आज आर्मीको असली रुप नदेखिएको हो,’ ठगुन्ना ठट्टा गर्छन्, ‘बाघले जंगलमा शिकार गर्न नपाएपछि शिकार गर्न बिर्सिन्छ नि? हाम्रो हकमा त्यस्तै भएको हो । तर, बाघलाई थाहा छ, कुन शिकार ताक्ने भन्ने कुरा ।’

ठगुन्ना अन्य विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबलाई बलियो शिकार मान्छन् । उनी एपिएफ र पुलिसलाई हराएर यसपालि जसरी पनि उपाधि जित्ने सोच रहेको बताउँछन् ।

‘हामीले शिकार गर्न बाँकी छ । हाम्रो लक्ष्य भनेको उपाधि हो । आजको जितलाई सपनाको घर निर्माण गर्न सानो इट्टा थपेको रुपमा लिएको छु,’ ठगुन्नाले भने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो