चैत्र ६, २०८२ शुक्रबार | ११:२०:२१
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

कृष्णबहादुर आलेः जसले २ हजारको खेलका लागि आठ कक्षाको फाइनल परीक्षा नै त्यागे

सर्वोकृष्ट खेलाडीको अवार्डका साथ कृष्ण ।

काठमाडौं । ललित स्मृति एन्फा यु-१८ युथ लिग मंगलबार औपचारिक रूपमा समापन भयो । विभागीय टोली नेपाल पुलिस क्लबले उपाधि हासिल गर्दा न्युरोड टिम (एनआरटी) र संकटा क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

लिगको ‘मस्ट भ्यालुएबल प्लेयर’ रहे संकटाका मिडफिल्डर कृष्णबहादुर आले । कृष्ण संकटाका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । उनको नाममा १५ गोल रह्यो ।

कृष्णकै प्रेरणादायी प्रदर्शनमा संकटाले उपाधिको सपना बुनेको थियो । तर, लिगको दोस्रो चरणमा एनआरटीसँग पराजय बेहोर्दा पुलिसलाई उछिन्दै संकटाको उपाधि जित्ने सपना तुहिएको थियो । च्याम्पियन पुलिस संकटाभन्दा मात्र तीन अंकले अगाडि रह्यो । ‘एनआरटीसँग पराजित भएपछि हामीले उपाधिको आशा मारेका थियौं । पुलिस बलियो पकडका साथ अगाडि बढिसकेको थियो । एनआरटीलाई हराएको भए हामीले अन्य सबै खेल जितेर उपाधि नै उचाल्थ्यौं जस्तो लाग्छ,’ कृष्ण भन्छन् ।

मंगलबार लिगको अन्तिम खेलमा संकटाले एपिएफमाथि ३-१ को पुनरागमन जित हासिल गरेको थियो । जसमा अन्तिम गोल कृष्णले नै गरेका थिए । 

पुलिस र एनआरटीबीचको खेलपछि पुरस्कार वितरण कार्यक्रम गरिएको थियो । निर्विकल्प दाबेदार जस्तै देखिएका कृष्णले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जिते । उनीसँगै पुलिसका कप्तान सुवास बममध्ये एकजनाले यो अवार्ड जित्ने लगभग निश्चित जस्तै थियो । पुलिसलाई च्याम्पियन बनाउन विंगर सुवासले २४ गोल गरेका थिए ।

एपिएफविरुद्ध प्रतिस्पर्धा गर्दै कृष्ण (नीलो जर्सी) ।

ललित स्मृति जस्तो प्रतिष्ठित प्रतियोगितामा सर्वोत्कृष्ट चुनिँदा कसको मन खुसी नहुँदो हो ? कृष्ण खुसी थिए । तर, कता कता उनमा लिग जित्न नसकेको पीडा पनि थियो । एनआरटीविरुद्धको त्यो हारले उनलाई पिरोलिरहेको थियो । एनआरटीविरुद्ध संकटाले निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा गोल खाएको थियो । जसका कारण नतिजा २-१ ले एनआरटीको पक्षमा गएको थियो ।

‘हामी आफैं चुकेका हौं । हामीले खानै नहुने गोल खायौं । त्यसैले उपाधि जित्न सकेनौं । सोच त उपाधि उचाल्ने नै थियो । हामीले त्यही अनुसार टोली तयार पारेका थियौंं,’ कृष्णको आँखामा दुःखको भाव झल्कन्छ, ‘पुलिसले उपाधि जितिसकेपछि हामीले दोस्रो स्थानका लागि प्राथना गरेका थियौं । सायद, भाग्य हाम्रो पक्षमै रहेन । खेर, केही छैन ।’

एक खेल अगावै पुलिसले उपाधि सुनिश्चित गरिसकेको थियो ।

कृष्ण उमेर समूहमा नेपाललाई प्रतिनिधित्व गरिसकेका खेलाडी हुन् । गत सेप्टेम्बरमा भुटानको थिम्पुमा सम्पन्न साफ यु-१७ च्याम्पियनसिपमा कृष्णले नेपालको प्रतिनिधित्व गरेका थिए । कृष्ण मुख्य प्रशिक्षक सनोज श्रेष्ठको पहिलो रोजाई नै थिए । समूह चरणको अन्तिम खेलमा कृष्णले भुटानविरुद्ध एक गोल पनि गरेका थिए । सेमिफाइनलमा भारतविरुद्ध ४-२ को हार बेहोर्दै नेपालको यात्रा टुंगिएको थियो ।

मिडफिल्डमा छाउने कृष्ण गोल गर्न निक्कै माहिर छन् । स्ट्राइकरलाई सुन्दर पास मिलाइदिने कृष्णको पहिलो विशेषता हो । उनको दोस्रो विशेषतामा पर्छ लामो दूरीबाट गोल गर्न सक्ने क्षमता । यसपालिको लिगमा कृष्णले १५ मध्ये १० गोल लामो दूरीबाट प्रहार गरेका हुन् । मिडफिल्डर भएर पनि यति धेरै गोल सम्भव भयो कसरी ?

कृष्ण मुसुक्क मुस्कुराउँछन् । अनि भन्छन्,‘मिहिनेतको फल पाए जस्तो लाग्छ । म आफै आश्चर्यमा छु । मैले अहिलेसम्म यति धेरै गोल गरेको थिइन ।’

यु-१७ राष्ट्रिय टोलीमा कृष्ण (दोस्रो रोको दायाँबाट दोस्रो) ।

भविष्यमा फरवार्ड खेल्न मन छ हो? प्रश्न भुइँमा झर्न नपाउँदै कृष्णले भने,‘मैले पहिलेदेखि मिडफिल्ड नै खेल्दै आएको छु ।  यही नै मेरो फेबरेट पोजिसन हो । भविष्यमा पनि मिडफिल्डबाहेक अन्य पोजिसनमा खेल्दिन जस्तो लाग्छ ।’

कृष्ण फुटबलका लागि पागल छन् । बर्दिबास, महोत्तरी वडा नं ५ मा जन्मेका कृष्ण सानैबाट फुटबल भनेपछि मरिहत्ते गर्थे । उनी फुटबल भनेपछि यतिसम्म क्रेजी थिए की बजारतिर फुटबल देख्यो कि उनलाई किन्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । कृष्ण बाल्यकालका याद यसरी साट्छन्,‘मलाई याद नभएको उमेरदेखि नै मैले फुटबललाई रुचाउँथे अरे । बजारमा  फुटबलहरु बेचिरहेको हुन्थ्यो । बल किनिदिन जिद्धी गर्थेँ । बल नकिनिदिँदा ह्वाँह्वाँ रुन्थेँ ।’

सानैमा जोडिएको साइनोले उनलाई राष्ट्रियस्तरको खेलाडीसम्म ल्याइपुर्याएको छ । एकचोटी त उनले फुटबलका लागि भनेर हदै पार गरे । दुई हजारको खेलका लागि उनले आठ कक्षाको जिल्लास्तरीय परीक्षा नै दिएनन् ।

यत्तिको फुटबल प्यासनेट खेलाडीको आर्दश चाहिँ को हो ? कृष्ण भन्छन्,‘म सेल्फ मोटिभेटेड हुने मान्छे हुँ । तर, मेरो करिअरलाई सेप दिने व्यक्ति चाहिँ मेरो मामा हुनुहुन्छ ।’

संकटा यु-१८ का गोलकिपर निशान रानामगर कृष्णका मामा पर्छन् । निशान यु-१३ देखि संकटामा आबद्ध छन् । निशानले नै कृष्णलाई संकटा ल्याएका हुन् । ‘मामाले संकटामा खेलाडीको कमी छ, आइज यता भनेपछि म काठमाडौं आएको हुँ । पछि यु-१६ लिग हुँदै उमेर समूहमा नेपालको प्रतिनिधित्व पनि गर्न पाएँ । मेरो यो सफलताको श्रेय म मेरो मामालाई पनि दिन चाहन्छु ।’

साफ यु -१७ च्याम्पियनसिपमा सहकर्मीसँग गोलको खुसीयाली मनाउँदै कृष्ण (१३ नम्बर जर्सी) ।

कृष्णको अबको लक्ष्य चाँडै सिनियर राष्ट्रिय टोलीमा पर्ने हो । कृष्ण भन्छन्,‘संकटाले रिलीज गर्यो भने ‘बी’ डिभिजन खेल्ने चाहना छ । त्यो भएन भने एनएसएल खेल्ने सपना बुनेको छु । चाँडै नेपालको सिनियर टोलीमा खेल्न मन छ ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो