काठमाडौं । चर्च ब्वाइज युनाइटेडले ललित स्मृति एन्फा यु-१८ युथ लिगको आफ्नो अन्तिम खेलमा आइतबार मनाङ मर्सुयाङदी क्बलविरुद्ध १-० को जित जित दर्ता गरेको छ ।
जितसँगै २२ खेलमा २५ अंक जोडेको चर्च ब्वाइजले आठौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ । पराजित मनाङ समान खेलबाट २५ अंकका साथ नवौं स्थानमा रह्यो ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्याल मैदानमा सन्दीप ठाडामगरले गरेको एक मात्रै गोल चर्च ब्वाइजलाई जित दिलाउन पर्याप्त बन्यो । उनले खेलको ७०औं मिनेटमा गोल गरेका थिए ।
इन्जुरी समयमा गोलकिपर उदयजंग पाण्डेले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मनाङ १० खेलाडीमा समेटियो ।
आइतबारै सम्पन्न खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबविरुद्ध २-० को जित निकाल्यो ।
भिडियो
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association