चैत्र ६, २०८२ शुक्रबार | ११:०३:२४
नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो

आरव र सुनिरा च्याम्पियन

च्याम्पियन आरव र सुनिरा ।

पोखरा । माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत सम्पन्न प्रतियोगिताको पुरुष एकलमा आरवसम्राट हाडा तथा महिला एकलमा सुनिरा थापा च्याम्पियन बनेका छन् ।

कास्की जिल्ला टेनिस संघद्वारा आयोजितमा मंगलबार सम्पन्न प्रतियोगितामा आरवले प्रनव मानन्धर र सुनिराले सलोनी तामाङलाई पराजित गरे ।

आरवले प्रनवलाई ६-१, ६-१ तथा सुनिराले सलोनीलाई ६-२, ६-३ को सोझो सेटमा पराजित गरे । विजेताले ८० हजार तथा उपविजेताले  ४० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरेका छन् ।

यस्तै ३५ वर्ष माथीको एकलमा जितेन्द्र परियारले प्रतिद्वन्दी सन्तोष खत्रीलाई ६-१, ६-२ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन भएका छन् ।  विजेतन जितेन्द्रले  ६० हजार र उपविजेता सन्तोषले ३० हजार रुपैयाँका साथै ट्रफी हात पारे ।

 कमल भण्डारी ४५ वर्ष माथीको एकलमा विजेता बने । उनले रोहित सुनुवारलाई ६-०, ६-२ ले पराजित गरे । विजेता कमल ४० हजार तथा उपविजेता रोहितले २० हजार रुपैयाँसहित ट्रफी हात पारे ।

 चन्द्र शाहीले ५५ वर्षमाथि एकलमा जिवन घिमिरेलाई ६-२, ६-२ को सोझो सेटमा पराजित गरे । चन्द्रले ३० हजार तथा जिवनले १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

बिजेता खेलाडीहरुलाई माछापुच्छ्रे बैंकका संस्थापक तथा केसी ग्रुपका डाइरेक्टर किरण केसी, नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ प्रतियोगिताका प्रायोजक संस्थाका प्रतिनिधीहरु, प्रतियोगिताका संयोजक नविन चालिसे, संघका कोषाध्यक्ष विष्णु बहादुर थापा, सचिव भिष्मराज पौडेललगायतले नगद तथा ट्रफी वितरण गरेका थिए ।

पुस ११ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १४० भन्दा बढि खेलाडीहरुको सहभागिता रहेको टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो