माघ १७, २०८२ शनिबार | १४:११:२९
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

आरव र सुनिरा च्याम्पियन

च्याम्पियन आरव र सुनिरा ।

पोखरा । माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत सम्पन्न प्रतियोगिताको पुरुष एकलमा आरवसम्राट हाडा तथा महिला एकलमा सुनिरा थापा च्याम्पियन बनेका छन् ।

कास्की जिल्ला टेनिस संघद्वारा आयोजितमा मंगलबार सम्पन्न प्रतियोगितामा आरवले प्रनव मानन्धर र सुनिराले सलोनी तामाङलाई पराजित गरे ।

आरवले प्रनवलाई ६-१, ६-१ तथा सुनिराले सलोनीलाई ६-२, ६-३ को सोझो सेटमा पराजित गरे । विजेताले ८० हजार तथा उपविजेताले  ४० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरेका छन् ।

यस्तै ३५ वर्ष माथीको एकलमा जितेन्द्र परियारले प्रतिद्वन्दी सन्तोष खत्रीलाई ६-१, ६-२ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन भएका छन् ।  विजेतन जितेन्द्रले  ६० हजार र उपविजेता सन्तोषले ३० हजार रुपैयाँका साथै ट्रफी हात पारे ।

 कमल भण्डारी ४५ वर्ष माथीको एकलमा विजेता बने । उनले रोहित सुनुवारलाई ६-०, ६-२ ले पराजित गरे । विजेता कमल ४० हजार तथा उपविजेता रोहितले २० हजार रुपैयाँसहित ट्रफी हात पारे ।

 चन्द्र शाहीले ५५ वर्षमाथि एकलमा जिवन घिमिरेलाई ६-२, ६-२ को सोझो सेटमा पराजित गरे । चन्द्रले ३० हजार तथा जिवनले १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

बिजेता खेलाडीहरुलाई माछापुच्छ्रे बैंकका संस्थापक तथा केसी ग्रुपका डाइरेक्टर किरण केसी, नेपाल टेनिस संघका उपाध्यक्ष बिनोद कायस्थ प्रतियोगिताका प्रायोजक संस्थाका प्रतिनिधीहरु, प्रतियोगिताका संयोजक नविन चालिसे, संघका कोषाध्यक्ष विष्णु बहादुर थापा, सचिव भिष्मराज पौडेललगायतले नगद तथा ट्रफी वितरण गरेका थिए ।

पुस ११ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १४० भन्दा बढि खेलाडीहरुको सहभागिता रहेको टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।