पुस १७, २०८१ बुधबार | १५:३९:४०
बार्सिलोनाका रक्षक क्रिस्टियनसनमाथि युनाइटेडको नजर म्याथियस कुन्हालाई दुई खेलको प्रतिबन्ध आर्नोल्डलाई रियालको चार वर्षको प्रस्ताव रुनीले छाडे प्लाइमाउथ अन्तर वडास्तरीय फुटबलः उद्घाटन खेलमा केपिलासगढी र सोल्मा भिड्ने अस्पतालबाट डिस्चार्ज भए एन्टोनियो कृष्ण बहादुर आलेः जसले २ हजारको खेलका लागि आठ कक्षाको फाइनल परीक्षा नै त्यागे कोशीबाट आस्थाले इ-प्लानेट नेसनल हाइस्कुल च्याम्पिनसिप खेल्ने आरव र सुनिरा च्याम्पियन मदन भण्डारी गोल्डकप भलिबलको ट्रफी सार्वजनिक बार्सिलोनाका रक्षक क्रिस्टियनसनमाथि युनाइटेडको नजर म्याथियस कुन्हालाई दुई खेलको प्रतिबन्ध आर्नोल्डलाई रियालको चार वर्षको प्रस्ताव रुनीले छाडे प्लाइमाउथ अन्तर वडास्तरीय फुटबलः उद्घाटन खेलमा केपिलासगढी र सोल्मा भिड्ने अस्पतालबाट डिस्चार्ज भए एन्टोनियो कृष्ण बहादुर आलेः जसले २ हजारको खेलका लागि आठ कक्षाको फाइनल परीक्षा नै त्यागे कोशीबाट आस्थाले इ-प्लानेट नेसनल हाइस्कुल च्याम्पिनसिप खेल्ने आरव र सुनिरा च्याम्पियन मदन भण्डारी गोल्डकप भलिबलको ट्रफी सार्वजनिक

लिभरपुललाई अंक दूरी बढाउने अवसर

फाइल तस्विर

काठमाडौं । इङ्लिस प्रिमियर लिग (इपिएल)मा आइतबार ६ खेल हुँदैछन् । जहाँ शीर्षस्थानको लिभरपुल अंक दूरी बढाउने लक्ष्यका साथ मैदान उत्रिँदैछ ।

लिभरपुलले आफ्नो १८औं खेलमा वेस्टह्याम को सामना गर्नेछ । वेस्ट हमको घरेलु मैदान लण्डन रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ११ बजे सुरु हुनेछ । 

वेस्ट हमविरुद्ध जित हासिल गरेको खण्डमा लिभरपुलले दोस्रो स्थानको आर्सनललाई ९ अंकले पछाडि पार्दै शीर्ष स्थानमा बलियो पकड बनाउनेछ । उता १३औं स्थानको वेस्टह्याम जितका साथ दुई स्थान माथि उक्लिने लक्ष्यमा हुनेछ ।

आइतबार पहिलो खेलमा साविक विजेता म्यानचेस्टर सिटीले लेस्टर सिटीको सामना गर्नेछ । लेस्टरको घरेलु मैदान किङ पावर रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ । एक दशकयताकै खराब लयमा रहेको सिटीले पछिल्ला ९ खेलमध्ये एकमा मात्र जित हासिल गरेको छ । हाल दुई अंकसहित सातौं स्थानमा रहेको सिटीलाई जितले पाँचौं स्थानमा पुर्याउनेछ । 

लेस्टर पनि खराब लयबाट गुज्रिरहेको छ । सिटीविरुद्ध तीन अंक हासिल गर्ने हो भने लेस्टरले रेलिगेसन क्षेत्र छाड्ने सम्भवना छ । त्यसैले खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

अन्य खेलमा क्रिस्टल प्यालेसले साउथह्याम्टनको सामना गर्दा एभर्टनले चौथो स्थानको नटिङघम फोरेस्टसँग खेल्नेछ । फुलहम र बर्नमाउथले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दा जितको दबाबमा रहेको टोटनहमलाई उल्भरह्याम्पटनको चुनौती हुनेछ ।


भिडियो
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association