पुस १२, २०८१ शुक्रबार | ०५:३९:०४
एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित एनओसीको निवार्चन रोक्न सर्वोच्चको अन्तरिम आदेश अर्सना र ममतालाई स्वर्ण मलेसियालाई तीन स्वर्ण लुम्बिनी कपको सचिवालय उद्घाटन बराबरीमा रोकियो म्यानचेस्टर सिटी, हाल्यान्ड पेनाल्टीमा चुके थ्री स्टारलाई सिल्भर रेको प्रायोजन निरज शीर्षस्थानमा कायम जय ट्रफीको उद्घाटन खेलमा मधेश र बागमती प्रदेश प्रतिस्पर्धा गर्ने संकटाले मछिन्द्रलाई हरायो विभागीय डर्बीमा एपिएफको सानदार जित

भेट्रान फुटबल पुस अन्तिम साता

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । कुसुन्ती युवा क्लब तथा ललितलपुर महानगरपालिका वडा-१३ को संयुक्त आयोजनामा ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता पुसको अन्तिम साता हुने भएको छ ।

आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको दोस्रो संस्करण पुस २२ देखि २९ सम्म हुने जानकारी दियो ।

जावलाखेल मैदानमा हुने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहने आयोजकको अनुमान छ । हालसम्म २२ टोलीले नाम दर्ता गराइसकेका छन् ।

प्रतियोगितामा सहभागिताका लागि १० हजार रुपैयाँ तिरेर नाम दार्ता गर्न सकिने आयोजकले बनाएको छ । प्रतियोगितामा उपत्याबाहिरबाट नवलपुर र वीरगन्जका टोलीले सहभागिता जनाउने र उनीहरुको दर्ता शुल्क नलिइएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा सहभागी टोलीले ४० वर्षभन्दा माथिका चार, ४५ वर्षभन्दामाथिका तीन र ५० वर्षभन्दामाथिका एक खेलाडी खेलाउनु पर्नेछ ।

प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, रक्षक र फरवार्डलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

अनुमानित बजेट १८ लाख रुपैयाँ रहेको प्रतियोगिताका सञ्चालनका लागि ललितपुर महानगरपालिका वडा-१३ ले ५ लाख रुपैयाँ सहजयोग गरेको छ । 


भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh