काठमाडौं। ब्राजिल तथा रियाल मड्रिडका फरवार्ड भिनिसियस जुनियर फिफा वर्ष पुरुष खेलाडी बनेका छन् ।
गत सिजन भिनिसियसले रियाललाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि दिलाउन ३९ खेलमा २४ गोल गरेका थिए।
२४ वर्षीय भिनिसियसले स्पेन र म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्री र रियाल तथा इङ्ल्यान्डका मिडफिल्डर जुड बेलिङघमलाई पछि पारे।
‘साओ गोंकालोको गल्लीमा नाङ्गो खुट्टाले फुटबल खेल्दा यो सम्भवजस्तो लाग्दैनथ्यो। तर, अहिले यो अवार्ड जित्न पाएको छु,’ उनले भने।
स्पेन तथा बार्सिलोनाका मिडफिल्डर आइटाना बोनमतीले लगातार दोस्रो वर्ष फिफा महिला खेलाडीको अवार्ड जितेकी छन्। उनले जाम्बियाकी बार्बरा बान्डा र नर्वेकी क्यारोलिन ग्राहाम ह्यान्सनलाई पछि पारिन्।
भिडियो
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1
NPL बाट बाहिरिएपछि Sharad Vesawkar भन्छन्ः प्रतियोगिता निकै रमाइलो भयो
चितवनलाई हराएपछि Karnali Yaks का कप्तान Sompal Kami भन्छन्ः उपाधि जित्ने लक्ष्यमा अगाडि बढेका छौं
NPL Eliminator मा कर्णाली याक्ससँग हारेपछि चितवनका प्रशिक्षक Umesh patwal