काठमाडौं । ललित स्मृति एन्फा यु-१८ युथ लिगमा आइतबार न्युरोड टिम (एनआरटी) ले संकटा क्लबविरुद्ध २-१ को रोमाञ्चक जित दताए गरेको छ ।
जितसँगै १५ खेलमा ३१ अंक जोडेको एनआरटी दोस्रो स्थानमा उक्लिएको छ । पराजित संकटा समान खेलबाट ३० अंकका साथ तेस्रो स्थानमा झरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एनआरटीलाई जित दिलाउन दुवै गोल विनायक थारुले गरे । संकटाका लागि मिलन गरुङले गोल फर्काए ।
खेलको १३ औं मिनेटमा विनायकको गोलमार्फत एनआरटीले अग्रता लिएको थियो । ५०औं मिनेटमा मिलनले संकटाका लागि बराबरी गोल फर्काए ।
निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा विनायकले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई रोमाञ्चक जित दिलाए ।
भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh