काठमाडौं । लिग लिडर लिभरभुलले इङ्लिस प्रिमियर लिगमा आइतबार साबिक विजेता म्यानचेस्टर सिटीविरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै शीर्षस्थानको लिभरपुलले १३ खेलमा ३४ अंक जोडेको छ । पराजित सिटी समान खेलबाट २३ अंकका साथ पाँचौं स्थानमा छ ।
एनफिल्डमा घरेलु टोली लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह र कोडी गाक्पोले गोल गरे ।
खेलको १२औं मिनेटमा गाक्पोको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । उनले सलाहको पासलाई पोस्टको दिशा दिए ।
सलाहले ७८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई २-० को सहज जित दिलाए ।
सिटीले सन् २००८ पछि पहिलो पटक प्रिमियर लिगमा लगातार चार पराजय ब्यहोरेको हो ।
भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh