काठमाडौं । ८३ मिनेटसम्म २–० ले अघि रहेको बार्सिलोना अग्रता जोगाउन नसक्दा स्पेनिस ला लिगामा सेल्टा भिगोसँग अंक बाढ्न बाध्य भएको छ । भ्रमणकारी टोली बार्सिलोनाले सेल्टासँग २–२ को बराबरी खेल्यो ।
सेल्टाको अबान्सा बालाइडोस मैदानमा २५ हजार समर्थकमाझ राफिन्हाले १५औं मिनेटमा अग्रता बनाएका थिए । जोलुस कुन्डेले मिलाएको पासमा राफिन्हाले गोल गरेका हुन् ।
६१औं मिनेटमा रोबार्ट लेवान्डोस्कीले दोस्रो गोल गरेका थिए ।
८२औं मिनेटमा भरपर्दा युवा रक्षक मार्क कासाडोले दोहोरो रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित बन्यो । यही फाइदा सेल्टाले उठाएको हो । ८४औं मिनेटमा अलफोन्सो गोन्जालेज अग्रता २–१ मा झारे । हुगो अल्भारेजले ८६औं मिनेटमा बराबरी गोल गर्दै घरेलु टोलीको हार टारेका हुन् ।
बराबरीपछि पनि बार्सिलोनाले स्पष्ट चार अंकको अग्रता बनाएको छ । पहिलो बराबरी खेलेको क्याटलान क्लबको १४ खेबलाट ३४ अंक छ । एट्लेटिको मड्रिड २९ अंकसहित दोस्रो स्थानमा उक्लियो । १२ खेलबाट २७ अंकसहित रियाल मड्रिड तेस्रो स्थानमा छ । सेल्टा भने १८ अंकसहित ११औं स्थानमा छ ।